सोमबार ०३ माघ २०७८

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
केही नयाँ काम थाल्ने समय छ । धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ । साथै, रुपैँया पैसाको पनि कारोबार राम्रै होला । परिरवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
साथी भाइसित बसेर छलफल र वार्तालाप हुनेछ । कुराकानीले धन लाभको बाटो पत्ता लाग्नेछ । नसोचेको ठाँउबाट आकस्मिक लाभ हुन सक्छ । परिवारमा भने सामान्य विवाद होला । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ । रोगको कारणले धनको पनि नाश होला । आज तपाइलाई अल्छी पनले सताउला । शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला । पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ । खानपानमा विचार पुर्याउनु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आर्थीक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगको भेटले मन रमाउने छ । प्रशस्त पैसाको कारोबार होला । परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरी सुरु हुन सक्छन् । पाहुनाको आगमन हुने दिन छ । तपाइको बुद्दीको सहि प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
परिश्रम गर्न सके जती खेर जादैन । अर्थ लाभ र प्रगतिको प्रशस्त सम्भावना छ, यात्रा पनि होला । आज चिताएको काममा सफलता पाइनेछ । धन लाभ पनि हुने दिन छ । कसैबाट समर्थन पनि पाइएला । धनको लाभ अर्थात रुपैया पैसा कमाइने दिन छ । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अनौठो र लाभदायक यात्राको योग छ । सर सामान बिग्रेर दुख पनि पाइएला । परिवारमा हल्का विवाद हुन सक्छ । शरिरमा सामान्य रोगले सताउला तर पनि समाजिक सम्मान भने पाउने समय छ । अनौठो तरिकाबाट रुपैँया पैसा कमाइने छ । आज रमाइलो यात्राको योग पनि रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सोचे अनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन । सामान्य रोगले पनि सताउला । आर्थिक पक्ष खासै राम्रो छैन । नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ । आज तपाइलाई सामान्य रोगले सताउला, सावधान रहनु होला । साथै, भौतिक सरसामनको पनि क्षति हुने दिन छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बिग्रेको सम्बन्धमा केहि सुधार आएपनि मानसिक तनाब होला । सोचेको काम पुरा नहुन सक्छ । बिहानी पख सुखको अनुभव होला तर बेलुकी काम गर्नमा मन नलाग्न पनि सक्छ । बन्दैन भनेको काम पनि तपाइको अथक प्रयासमा बन्ने दिन छ । आफन्तको सहयोग पनि प्राप्त हुने दिन छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नु होला । पढाइमा भने आज खासै प्रगति नहोला । आजको दिन तपाइको पैसा कमाउने योग रहेको छ । नचिताएको ठाँउबाट आम्दानी हुने दिन छ । आम्दानीका प्रशस्तै बाटाहरु खुल्ने दिन छ । ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुने दिन छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने छन् । पैसा भने अनायसै खर्च होला । कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुनेछ । परिवारमा आर्थिक समस्याले पनि सताउने छ । काम गर्न जाँगर आउनाले धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
झै झगडाको सम्भावना छ । मनमा डरले पनि डेरा जमाउने छ, सावधान रहेर काम गर्नु होला । तपाइलाई आज अनावश्यक रुपमा डर लाग्न सक्छ, सतर्क रहनु होला । कसैसँग हल्का मनमुटाव पनि होला । विचार बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
केहीले सम्मान गर्नेछन् केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ । तपाइको आज कसैबाट आदर पाउने दिन छ, तर पनि जागिरमा भने खासै मन नजाला । धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।

 

 


Last Updated on: October 1st, 2021 at 8:07 pm
१७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया