बुधबार १० कार्तिक २०७८

पोखरा । पोखरामा कोठाभित्र मृत अुवस्थामा भेटिएकी छिन् । कास्कीको पोखरा महानगरपालिका बिन्ध्यावासिनीको अधिकारी टोलमा बन्द कोठाभित्र युवती मृ,त भेटिएकी हुन् ।

स्थायी घर बाजुराको जगन्नाथ–१ बस्केना घर भएकी १८ वर्षीया निरुता शाह पोखरामा मृतावस्थामा फेला परेकी हुन् । स्थानीयले बन्द कोठाबाट दुर्गन्ध आएको भन्दै प्रुहरीलाई खबर गरेपछि ताल्ला फोरेर हेर्दा शाहको श,व खाटमै सुतिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

प्रहरी टोलीले कोठाको ढोका फो’रेर खानतलासी गर्ने क्रममा उनका श्रीमान् गणेश विष्टले लेखेर छाडेको चिट (नोट) भेटिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले बताए।

उनका अनुसार श्रीमान बिष्टले लेखेको चिटमा आफू कामबाट फर्किदा श्रीमती कोठाभित्र झु’न्डि’इ’रहेको अ’वस्थामा भेटेको उल्लेख गरेका छन् ।

मौसम बदली भई विहानैदेखि काठमाडौंसहित देशका विभिन्न ठाउँमा वर्षा भइरहेको मौसमविदले जानकारी दिएका छन् । आज (शनिबार) प्रदेश नम्बर २ का धेरै र अरू प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ ।

विभागअनुसार शनिबार बिहान बाग्मती, गण्डकी, प्रदेश नम्बर २ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।देशभर आंशिकदेखि सामान्य बदली रही दिउँसो उक्त स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार राती पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

शनिबार बिहान जारी गरिएको मौसम पूर्वानुमान बुलेटिनमा शनिबार राति प्रदेश नम्बर १ र प्रदेश नं २ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।उक्त स्थानहरूका पहाडी भू-भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।भारतको दक्षिण विहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको हो ।

प्रतिक्रिया दिनुहोस्

नगर अधिवेशनले उत्साहित छन् काठमाडौँमा कांग्रेसका नेता, कार्यकर्ता
भक्तपुर नगरपालिकाद्वारा अरवौं नीतिगत भ्रष्टाचार: संघर्ष
राजनीतिक तहमा कोर्स करेक्सनको आवश्कता छ
अवकाश प्राप्त प्रहरी महानिरीक्षकसँग शुभकामना आदान
नेपाली कांग्रेस काठमाडौँको पालिका अधिवेशन आज
छुटाउनु भयो कि?

अफगानी महिलाप्रति ऐक्यवद्धता जनाउँदै कमला भसिनलाई श्रद्धाञ्जली
मलाई हृदयाघात भएको छैन : वसन्त..

 


Last Updated on: October 2nd, 2021 at 10:16 am
२५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया