मंगलबार ११ माघ २०७८

काठमाडौं। को’रोनाभाइरस महामारीका कारण विद्यालय बन्द भयो । त्यसपछि ५ कक्षाकी विद्यार्थी तुलसी घरमै बस्न बा’ध्य भइन् । विद्यालयले पढाइ सुरु गरेको तुलसीले जानकारी पाइन् तर उनी कक्षामा उपस्थित हुन स’क्दिनथिन् ।

कक्षा अनलाइनबाट च’लिरहेको थियो र यसका लागि तुलसीसँग स्मा’र्टफोन थिएन । त्यसैले स्मार्टफोन किन्ने पैसा जम्मा गर्न उनले सडक कि’नारामा आँप बेच्न थालिन् ।यी बालिकाको कथा समाजिक संजालमा यसरी भाइरल भयो कि उनको सपनाले उडान भर्न पाउने भएको छ ।

बाटोमा आँप बे’च्न बसेकी तुलसीसँग १२ वटा आँप थिए । एक व्यक्तिले उनलाई ती प्रत्येक आँपको १० हजार भा’रतीय रुपैयाँका दरले १२ वटा आँपको १ लाख २० हजार रुपैयाँ (नेपाली रुपैयाँ झण्डै २ लाख) दिएर सबै आँप किनिदिए । यी आँप खास आँप पनि थिएनन् ।

तर, पढाइको लागि ती बालिकाको सं’घर्ष देखेर ती व्यक्तिले यति म’हंगोमा आँप कि’निदिएका थिए ।भारती’य मिडियाका अनुसार भारतको झा’रखण्ड राज्यको ज’मशेदपुरमा स्ट्रे’ट मा’इल्स रोडमा बं’गला नम्बर ४७ को आ’उटहाउसमा बस्ने ११ वर्षकी तुलसी ५ कक्षाकी छात्रा हुन् ।

उनको परिवारको आर्थिक अ’वस्था कमजोर छ । उनको परिवारले उनलाई पढाइरहेका त थिए तर को’रोनाकालमा स्कुल ब’न्द भए । स्कुल ब’न्द भएपछि अनलाइन कक्षा सुरु भयो तर तुलसीको पढाइ भने ठप्प भयो किनकि उनीसँग स्मा’र्टफोन थिएन ।तुलसीले पैसा जुटाउन आँप बेच्न थालिन् ।

उनले आफू बस्ने बंगलाको बगैंचामा फ’लेका पाकेका आँप टिपेर ल्याएर सडकमा बे’चिरहेकी थिइन् । यस क्रममा तुलसीको यो क’हानी सामाजिक संजालमा भाइरल भयो । सामाजिक संजालमा भाइरल भइरहेको यो क’हानी मुम्बइको भ्या’लुएबल ए’डुटेनमेन्ट कम्पनीमा उपाध्यक्ष अमे’या हे’तेसम्म पुग्यो ।

त्यसपछि उनले तुलसीलाई सहयोग गर्न अगाडि आए ।उनले तुलसीका १२ वटा आँप प्रतिआँप १० हजारका दरले १ लाख २० हजारमा कि’निदिए । अब अमेया हेतेले तुलसीको सपनालाई नयाँ उ’डान दिएका छन्, तुलसी कहाँसम्म पुग्छिन् त्यो भने हेर्न बाँकी नै छ ।

यो पैसाबाट लुतसीले १३ हजार रुपैयाँमा स्मा’र्टफोन किनेकी छिन् । बाँकी रकम उनले अ’गाडिको पढाइको लागि राखेकी छिन् । अब भने उनी सडक कि’नारामा आँप बे’चिरहेकी दे’खिन्नन ।

काठमाडौँ, १६ असोज – काठमाडौँका स्थानीय तहमा आज नेपाली कांग्रेसको अधिवेशन हुने भएसँगै कार्यकर्ता उत्साहित भएका छन् । नगरका टोल–टोलमा कांग्रेस अधिवेशनको चर्चा छ । अधिवेशनले कार्यकर्तामा उत्साहसँगै सक्रियता बढाएको देखिन्छ । काठमाडौँ महानगरपालिका– २५ का वडाध्यक्ष नीलकाजी शाक्य लामो समयदेखि नभएको पार्टीको महानगर अधिवेशनले कार्यकर्ता उत्साहित भएको बताउनुहुन्छ ।

पार्टीका पुराना नेतासमेत रहनुभएका शाक्यले महानगर सभापति पदमा उम्मेदवारी घोषणा गरी प्रचारप्रसारमा लाग्नुभएको छ । शाक्यसँगै नेपाल तरुण दल काठमाडौँका संस्थापक अध्यक्ष प्रगतिमान रञ्जित पनि महानगर सभापति पदमा उम्मेदवारी घोषणा गरी प्रचार अभियानमा लाग्नुभएको छ । महानगरमा दुई नेताबीच प्रतिस्पर्धा हुनेछ ।

महानगरपालिकामा १२औँ र १३औँ महाधिवेशनका बेला नगर अधिवेशन नभएकामा यसपटक गर्न लागिएकाले कार्यकर्ता उत्साहित भएको जिल्ला सभापति कृष्ण सबुज बानियाँले राससलाई जानकारी दिनुभयो । काठमाडौँमा करिब १३ वर्षपछि महानगर अधिवेशन हुन लागेको हो । महानगरका ३२ वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि, वडा सभापति, पार्टीका तर्फबाट निर्वाचित सांसद, प्रदेशसभा सदस्य, पार्टीबाट सांसद र प्रदेशसभा सदस्यमा उम्मेदवार भएका पदेन प्रतिनिधि भई निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने व्यवस्था कांग्रेसको विधानमा रहेको जिल्ला निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता नरहरि आचार्यले बताउनुभयो ।

चन्द्रागिरि नगरपालिकामा सर्वसम्मत सभापति चयन हुने वातावरण बनेको छ । पार्टीका सबै पक्ष नगर प्रमुखसमेत रहनुभएका घनश्याम गिरीलाई सभापति बनाउन सहमत भएको जनाइएको छ । यसैगरी गोकर्णेश्वर नगरपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयनको तयारी भएको कांग्रेस नेताले जनाएका छन् । दक्षिणकाली नगरपालिकामा भने विवादका कारण स्थगन गरिएको छ ।

कीर्तिपुर, नागार्जुन, तारकेश्वर, टोखा, बूढानीलकण्ठ, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकामा पनि आज नगर अधिवेशन गरिँदै छ । अधिवेशनको कार्यक्रम बिहान ८ः०० बजेदेखि नै शुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बेलुका ५ः०० बजेपछि निर्वाचन कार्यक्रम नराख्न नगर निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ । केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन भएका सबै जिल्लामा दसैँअघि नै स्थानीय तहको अधिवेशन गर्न निर्देशन दिएको सचिव वरिष्ठ अधिवक्ता जगन्नाथ श्रेष्ठले बताउनुभयो ।(रासस)

प्रतिकृया दिनुहोस

 

 


Last Updated on: October 2nd, 2021 at 1:08 pm
७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया