बुधबार १० कार्तिक २०७८

भोर्सपछि श्रीमतीलाई अंश नदिन आफ्नो ९ करोडको घर आफैं ज’लाए

काठमाडौं।

डिभोर्सपछि श्रीमतीलाई अंश दिन नपरोस् भनेर ७५ वर्षका एक वृद्धले आफ्नो करोडौं मूल्यको घरमा आ’गो ल’गा’एका छन् । जल्नुअघि त्यो घरको मूल्य ५ लाख ५० हजार पाउण्ड अर्थात नेपाली ९ करोड रुपैयाँ थियो । ती व्यक्तिले घरमा आगो लगाएपछि दमकल विभागलाई फोन पनि गरेनन् ।

डिभोर्सपछि श्रीमतीलाई अंश नदिन आफ्नो ९ करोडको घर आफैं ज’लाए

यतिसम्म कि घरमा आयो लागेपछि त्यसको क्षतिपूर्ति बिमा कम्पनीले पनि नदेओस् भनेर ती व्यक्तिले बिमा शुल्क नै बुझाएका थिएनन् । बेलायतका यी व्यक्तिको यो पूरै षड्यन्त्रको खुलासा एक्सेटर क्राउन कोर्टमा सुनुवाइको क्रममा भयो ।

पुलिस र दमकल विभागले अदालतलाई यो आगो आकस्मिक नभइ जानीजानी लगाइएको बताए । जाँचकर्ताहरुले ७५ वर्षका जोन म्याक्केरीलाई आगो लगाएकोमा दोषी बताउँदै उनी एक्सेटर नजिकै केनफोर्डमा रहेको आफ्नो घरको हुन लागेको लिलामीबाट असन्तुष्ट रहेको बताए ।

डेलीमेलका अनुसार यो घरमा जोन म्याक्करी र उनकी पत्नी हिलारी २० वर्षसम्म साथमा बसेका थिए । जोनले आगो लगाउनुभन्दा पहिले निकै म’दि’रा पि’ए’का थिए । त्यसपछि उनले प्रोपेन ग्यासका सिलिण्डरलाई ब्लोटर्चबाट आ’गो ल’गाए । आ’गो ल’गा’एपछि उनी आरामले कुर्सीमा बसे र फेरि म’दि’रा पि’उ’नथा’ले । छिमेकीहरु जम्मा भएपछि उनले आफ्नो घर ज’लि’र’हे’को आफूले हेरिरहेको बताएका थिए ।

जाँचकर्ताहरुका अनुसार घरमा १७ जूनमा आ’गो ल’गा’इ’एको थियो जबकि त्यसको ३ दिनपछि यो घर ५ लाख ५० हजार पाउण्डमा बेचिँदै थियो ।

डिभोर्सपछि श्रीमतीलाई अंश नदिन आफ्नो ९ करोडको घर आफैं ज’लाए

तर, आ’गो ला’गेप’छि यो घर यति खराब भयो कि यसको मूल्य घटेर ३ लाख २० हजार पाउण्डमा बेचियो । अदालतमा बताइएअनुसार आ’गो ल’गा’उनुभ’न्दा पहिले जोनले श्रीमतीलाई घरभित्रका सामान निकाल्न पनि दिएका थिएनन् । जोनले आफूमाथि लागेको आरोप स्वीकार गरेका छन् ।

काठमाडौँ, १६ असोज – काठमाडौँका स्थानीय तहमा आज नेपाली कांग्रेसको अधिवेशन हुने भएसँगै कार्यकर्ता उत्साहित भएका छन् । नगरका टोल–टोलमा कांग्रेस अधिवेशनको चर्चा छ । अधिवेशनले कार्यकर्तामा उत्साहसँगै सक्रियता बढाएको देखिन्छ । काठमाडौँ महानगरपालिका– २५ का वडाध्यक्ष नीलकाजी शाक्य लामो समयदेखि नभएको पार्टीको महानगर अधिवेशनले कार्यकर्ता उत्साहित भएको बताउनुहुन्छ ।

पार्टीका पुराना नेतासमेत रहनुभएका शाक्यले महानगर सभापति पदमा उम्मेदवारी घोषणा गरी प्रचारप्रसारमा लाग्नुभएको छ । शाक्यसँगै नेपाल तरुण दल काठमाडौँका संस्थापक अध्यक्ष प्रगतिमान रञ्जित पनि महानगर सभापति पदमा उम्मेदवारी घोषणा गरी प्रचार अभियानमा लाग्नुभएको छ । महानगरमा दुई नेताबीच प्रतिस्पर्धा हुनेछ ।

महानगरपालिकामा १२औँ र १३औँ महाधिवेशनका बेला नगर अधिवेशन नभएकामा यसपटक गर्न लागिएकाले कार्यकर्ता उत्साहित भएको जिल्ला सभापति कृष्ण सबुज बानियाँले राससलाई जानकारी दिनुभयो । काठमाडौँमा करिब १३ वर्षपछि महानगर अधिवेशन हुन लागेको हो । महानगरका ३२ वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि, वडा सभापति, पार्टीका तर्फबाट निर्वाचित सांसद, प्रदेशसभा सदस्य, पार्टीबाट सांसद र प्रदेशसभा सदस्यमा उम्मेदवार भएका पदेन प्रतिनिधि भई निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने व्यवस्था कांग्रेसको विधानमा रहेको जिल्ला निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता नरहरि आचार्यले बताउनुभयो ।

चन्द्रागिरि नगरपालिकामा सर्वसम्मत सभापति चयन हुने वातावरण बनेको छ । पार्टीका सबै पक्ष नगर प्रमुखसमेत रहनुभएका घनश्याम गिरीलाई सभापति बनाउन सहमत भएको जनाइएको छ । यसैगरी गोकर्णेश्वर नगरपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयनको तयारी भएको कांग्रेस नेताले जनाएका छन् । दक्षिणकाली नगरपालिकामा भने विवादका कारण स्थगन गरिएको छ ।

कीर्तिपुर, नागार्जुन, तारकेश्वर, टोखा, बूढानीलकण्ठ, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकामा पनि आज नगर अधिवेशन गरिँदै छ । अधिवेशनको कार्यक्रम बिहान ८ः०० बजेदेखि नै शुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बेलुका ५ः०० बजेपछि निर्वाचन कार्यक्रम नराख्न नगर निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ । केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन भएका सबै जिल्लामा दसैँअघि नै स्थानीय तहको अधिवेशन गर्न निर्देशन दिएको सचिव वरिष्ठ अधिवक्ता जगन्नाथ श्रेष्ठले बताउनुभयो ।(रासस)

प्रतिकृया दिनुहोस

 


Last Updated on: October 2nd, 2021 at 6:17 pm
१०० पटक हेरिएको

तपाईको प्रतिक्रिया