बुधबार १० कार्तिक २०७८

दिलिप राई झापा, भद्रपुर पाँचथर हिलिहाङ गा.पा वडा नं. ४, निवासी इन्दिरा आङथुपो लिम्बू हाल धरान १३, सुम्निमा चोक स्थित कोठा भाडामा बस्दै आई रहेका छन । धरानमा रहदा इन्दिरा आङथुपोले आफनो छोराको पढाई खर्चकै लागि भए पनि अरुको होटलमा जुठो भाँडा र लुगा धुने काम समेत गरे महिनाको ४,५ हजार कमाइले छोराको पठाई खर्च जुटाउन नसके पछि इन्दिरा आङथुपोले विदेशीने योजना बनाए ।

श्रीमानले पनि साथ नदिए पछि छोराको पढाई र भविष्यको लागि भए पनि बैदेशिक रोजगारको लागि इन्दिरा आङथुपो भारत हुदै इराक पुगेका थिए । इन्दिरा आङथुपोका श्रीमान लक्ष्मी प्रसाद योङहाङ विगत १३ बर्ष देखि आफनो श्रीमती सग सम्पर्क विहिन भई बसेका छन । श्रीमतीको भनाई अुसार श्रीमान पक्षको परिवार सग सम्पर्कमा भए पनि हामी सग सम्पर्कमा नआएको बताएकी छिन ।

१ बर्षको दुधे छोरालाई छाडेर मलेसिया गएका लक्ष्मी प्रसाद योङहाङ अहिले सम्म पनि परिवार सग सम्पर्कमा आएका छैन । यि विविध कारणले गर्दा छोराको भविष्य र पठाई खर्चको लागि इन्दिरा आफनो नाबालक छोरा लाई बहिनीको साथमा छाडेर इराक पुगेका थिए । इराकमा पनि इन्दिरालाई काम भने सहज थिएन यता छोराको माया उता श्रीमानको वेवास्था यता साहुको यतान यसरी नै इन्दिराको दिनचार्य वितिरहेको थियो ।

छोराको राम्रो भविष्य बनाउछु राम्रो विद्यालयमा पढाउछु भन्ने कति ठुलो सपना बोकेर इराक पुगेका इन्दिराको सपना अहिले आएर अधुरै रहन पुग्यो । इन्दिरा इराकमै रहदा आफै मृगौला समस्याको शिकार बन्न पुगे त्यस पछि काम गर्न नसक्ने भए पछि साहुको गालि र यतान दिन प्रति दिन सहन बाध्य भए बाँकी रहेको तलब पनि साहुले नदिए पछि भोक भोकै पनि बसे यसरी नै इराकमा पिडादायक दिन कटाई रहेका थिए ।

आफुले मालिक लाई घर जान्छु भन्दा पनि जान नदिने विभिन्न डर र धम्कि समेत दिन थाले पछि झनै इन्दिरा ठुलो रोगको शिकार बन्न पुगिन । यसै क्रममा इराकमा रहनु भएका तमाम नेपाली दाजु भाई दिदि बहिनीहरुले इन्दिराको पिडा थाहा पाए पछि त्यहिका नेपाली दाजु भाई दिदि बहिनी हरुले उद्धार गरि नेपाल पठाएका थिए ।

इन्दिरा नेपाल आउन सफल त भए तर आफै मृगौला समस्यको शिकारले ग्रस्त भएका छन आर्थिक निकै कम्जोर हुदै गए पछि छोराको विद्यालयको फि र कोठा भाडा सम्म तिर्न नसक्ने अवस्था पुगेका छन हप्ताको २ चोटी डायोलेस्सि गर्न पनि सकिरहेका छैन्न । इन्दिरा भन्नु हुन्छ मलाई धेरै वर्ष बाच्ने मन छ छोराको भविष्य बनाउनु छ यतिकै उमेरमा म संसार त्याग्न चाहान्न भन्दै तमाम नेपाली दाजु भाई दिदि बहिनी आमा बुबा समक्ष सहयोगको अपिल गरेका छन ।

यसै क्रममा इन्दिरको पिडा लाई हेर्न नसके पछि नागरिक आवज मिडियाले इन्दिराको पिडा लाई भिडियो मार्फत सामाजिक संजालमा ल्याएको थियो भने अहिले इन्दिराको उपचारको लागि प्रवासमा रहनु भएका समाजसेवि रामसिंह आङथुपो (युएइ), संगिता आङथुपो (इजरायल) बाट साथै कमल राई (मलेसिया) नेपाल बाट दिपेश आङथुपो, भगिराज राई लगायत अन्य व्यत्तिहरुको पहलमा सहयोग रकम संकलन पनि भई रहेको छ ।

पुरा भिडियो हेर्नु होला ।


Last Updated on: October 3rd, 2021 at 9:33 am
१३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया