आइतबार १९ मंसिर २०७८

हिमानी शाहले यसरी मनाईन् जन्मदिन! किन भयो पारसलाई निर्मल निवासमा नो इन्ट्री? (तस्वीरहरु हेर्नुहोस्)

अषोज १७, २०७८ आइतबार 15

हिमानी शाहको चर्चा उनको सुन्दरताको कारण पनि हुने गर्दछ । पूर्व राजपरिवारको पछिल्लो समयको महत्वपूर्ण सदस्य हिमानी शाह अहिले आफ्नै नाममा ट्रष्ट खोलेर समाजसेवामा ब्यस्त छिन् । उनले आफ्नो ४५ औं जन्मदिन एक पारिवारीक जमघटमा मनाएकी छिन् । उनको जन्मदिन मनाउन हिमानीका छोरा हृदयेन्द्र, पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल शाह देखिन्छन् । तर उनका छोरीहरु र उनका श्रीमान् उक्त तस्वीरमा देखिएका छैनन् ।

पूर्व युवराज पारस शाहसँग उनको बैवाहिक जीवन त्यति सुमधुर रहेको पाइएको छैन । उनको र पारसबिच चिसो आएको समाचार बिभिन्न समयमा मिडियामा आइरहन्छन् । तर, महत्वपूर्ण पारिवारिक भेटघाटमा पारस र हिमानी साथै पनि देखिएका तस्वीरहरु सार्वजनिक हुने गर्दछन् ।

नेपालको राज घराना की पूर्वयुवराज्ञी यिनै हिमानी शाहको सनिबार जन्मदिन परेको थियो । सोही दिन १९७६ मा भारतको राजस्थानमा जन्मे हुर्केकी हिमानी ४५ औं वर्षमा प्रवेश गरेकी छिन् । उनका ससुरा ज्ञानेन्द्र शाह नेपालका राजा रहेको बखत तत्कालिन राजदरवारले उनलाई नेपालकै थापाथलीमै जन्मिएको बताएको थियो ।

३ बच्चाकी आमा भए पनि सदावहार सुन्दरी हिमानी शाहलाई जन्मदिनको अवसरमा उनका आफन्त, शुभचिन्तक र सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले शुभकामना दिइरहेका छन् । भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन् हिमानीको विबाह पारस शाहसँग २५ जनवरी २००० मा भएको थियो ।

उनीहरुका एक छोरा हृदयेन्द्र शाह र दुई छोरी पूर्णिका शाह, कृतिका रहेका छन् । पछिल्ला दिनमा ‘हिमानी ट्रस्ट’ नामक सामाजिक संस्थाबाट हिमानीले समाजसेवामा ब्यस्त छिन् भने छोराछोरीहरु थाइल्याण्डमा बसेर पढाई गरिरहेका छन् । पछिल्लो समय हिमानी र उनका छोरीहरुले बनाएको टिकटक पनि भाइरल भएको थियो । जन्मदिन मनाउन काठमाण्डौंमै भएका पारस किन पुगेनन् भनेर चर्चाको बिषय बनेको छ । सबै तस्वीर हिमानीको ट्वीटरबाट ।


Last Updated on: October 3rd, 2021 at 11:38 am
२३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया