आइतबार ३१ आश्विन २०७८

ट्र्याक्टर दुर्घटना हुँदा खोटाङमा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । रसुवाबाट बालुवा लिएर दिक्तेलतर्फ आइरहेको स१त ७०७१ नंको ट्र्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित पानी ट्याङ्कीमा दु,र्घ,ट,ना हुँदा सोही नगरपालिकाको वडा नं १२ जालपाका १९ वर्षीय सहचालक डिलक्स राईको घ,ट,ना,स्थलमै मृ,त्यु भएको हो ।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–जयराम सडकखण्ड नुनथलामा सँगसँगै आइरहेको अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा ट्र्याक्टर अनियन्त्रित भई सडकबाट ३५ मिटर तल खसेर दु,र्घ,ट,ना भएको प्रत्यक्षदर्शीले बताएका छन् । दु,र्घ,ट,नापछि ट्र्याक्टर चालक हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महेन्द्र राईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताउनुभयो ।

ट्र्याक्टर दुर्घटना भएलगत्तै प्रहरी नियन्त्रणमा रहेका चालक राई सकुशल रहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार उक्त ट्र्याक्टर दु,र्घ,ट,ना गए राति करिब १० बजेको समयमा भएको जनाइएको छ । मृतक राईको शव जिल्ला अस्पताल दिक्तेल ल्याएर परीक्षण गरेपछि दाहसंस्कारका लागि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । दु,र्घ,ट,नाग्रस्त ट्र्याक्टर घटनास्थलमै रहेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

ल्याण्डिङ गियर नखुलेपछि संकटमा परेको बुद्ध एयरको विमान सकुशल अवतरण गराउने क्याप्टेन आङगेलु शेर्पाले तत्काल विमान उडाउन नपाउने भएका छन् । गत सोमबार ८ः३० मा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको नाइन–एनएनआईको एटिआर विमानको ल्याण्डिङ गियर नखुलेपछि विराटनगरमा अवतरण गर्न नसकी काठमाडौंमा अवतरण गरेको थियो।

७३ जना यात्रु बोकेको सो विमान दुई घण्टा आकाशमा उड्नुपरेको थियो। तर, अन्तिममा ल्याण्डिङ गियर खुलेपछि काठमाडौंमा नर्मल अवतरण गरिँदा ठूलो दु,घर्,टना टरेको थियो । बिमानका क्याप्टेन आङगेलु शेर्पाले आफ्नो पनि ज्यान जोखि,ममा राखेर एक पल पनि बिच,लित नभइ ७३ जनाको ज्यान बचाए उनलाई सम्मान गर्नुको सट्टा उल्टो का,रवाही गर्ने भन्दै सगरमाथा आरोही बिजय घिमिरे यसरि आक्रो,शित भए । बाकी भिडियोमा हेरौ

प्रतिकृया दिनुहोस


Last Updated on: October 3rd, 2021 at 12:20 pm
१०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया