बुधबार १० कार्तिक २०७८

एजेन्सी: आमाबुवा रातभर मोबाइलमा व्यस्त हुँदा १९ महिने छोरीको मृ’त्यु भएको छ। स्कटल्यान्डको उत्तरी लनार्कसायर सहरका एक दम्पती ब’च्चालाई छाडेर मोबाइल खेलाउन थालेपछि ओछ्यानबाटखसेर छोरीको मृ’त्यु भयो। बिहान अबेरसम्म सु’तेर ब्युँझेपछि उनीहरुकी छोरी छोरी किरा कनरयको शव भूँइमा फेला परेको थियो।

काठमाडौं । नेकपा एमालेले एउटा कार्यकारी पदमा दुई पटक मात्र उम्मेदवार हुन पाउने र ७० वर्ष उमेर हद दुबै व्यवस्था कायमगरिने भएको छ । तर कार्यकालको बीचमा ७० वर्ष पूरा भए पनि पूरा कार्यकाल काम गर्न पाउने गरी विधानको व्यख्या गरिएको छ ।

ललितपुरको गोदाबरीमा तीन दिनदेखि जारी विधान महाधिवेशनमा प्रतिनिधिहरुले दुई पटक मात्र उम्मेदवार हुन पाउने र ७० वर्ष उमेर हद दुईमध्ये एउटा मात्र व्यवस्था गर्नुपर्ने आवाज उठेको थियो ।

उक्त आवाजको जवाफ दिने क्रममा उपमहासचिव एवं विधान मस्यौदा समितिका संयोजक विष्णु पौडेलले दुबै व्यवस्था कायम रहने बताए । एउटा कार्यकारी पदमा दुई पटक उम्मेदवार हुनसक्ने व्यवस्थालाई स्थपित गरेर जानुपर्ने उनले बताए ।

७० वर्ष उमेर हद कायम राख्दै भन्दै पौडेलले भने भने, ‘कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने र कार्यकालको बीचमा ७० वर्ष पूरा भएमा सो कार्यकालभरि जिम्मेवारीमा रहेर कार्य गर्न पाउने व्यवस्था गर्नुपर्छ ।’

पौडेलले हाँस्दै उक्त कुरा सुनाएपछि हलमा हाँसो चलेको थियो । पौडेलले भने, ‘कमरेडहरुले बुझ्नुभयो होला । पौडेलको आशय र ब्याख्या उमेरले ७० बर्ष पुगेका अध्यक्ष केपी शर्मा ओलीका लागि यस्तो नियम हो भन्ने कुरा सबैले बुझे ।’

एमाले अध्यक्ष ओली अहिले ७० वर्षमा छन् र आगामी फागुनमा उनी ७० वर्ष पूरा हुँदैछन् । एमालेको महाधिवेशन आगामी मंसिरमा गर्ने र फेरि अध्यक्ष बन्ने ओलीको दाउ छ । एमालेको विधानमा गरिएको ७० वर्ष उमेर हदको नयाँ परिभाषाले अब ओलीले मात्र अध्यक्षको उम्मेदवार हुन र निर्वाचित भए पाँच वर्षे कार्यकाल पूरा गर्न पाउनेछन् ।

यसअघि एमालेको सातौं महाधिवेशनमा उमेर हदबारे बहस शुुरु भएको थियो । आठौंमा अधिकतम उमेर हद तोक्ने सहमति जुटेको थियो । तर सहाना प्रधानका लागि मात्र लागू हुने देखिएपछि अन्तिम समयमा फिर्ता लिइएको थियो ।

त्यसपछि एमालेले नवौं महाधिवेशनबाट भने ७० वर्ष उमेर हद तोक्यो । सोही प्रावधानअनुसार भरतमोहन अधिकारी र सिद्धिलाल सिंहले सक्रिय राजनीतिबाट बिदा लिएका थिए । २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाउँदा ७० वर्षे उमेर हद हटाइएको थियो ।

यसैगरी २३ फागुन २०७७ को सर्वोच्चको फैसलापछि पुनस्र्थापित एमालेले फेरि ७० वर्षे उमेर हद ब्युँताइएको छ । ७० वर्ष मात्र भन्दा फेरि अध्यक्ष हुन लागेका ओलीमाथि प्रश्न उठ्ने भएकाले उनलाई अनुकूल हुनेगरी विधानमै परिभाषा गरिएको छ ।

 


Last Updated on: October 3rd, 2021 at 4:25 pm
७० पटक हेरिएको

तपाईको प्रतिक्रिया