बुधबार १० कार्तिक २०७८

काठमाडौं, १८ असोज-लागूऔषध मुद्दामा पक्राउ परेका बलिउड नायक शाहरुख खानका छोरा आर्यनसहित तीन जनाको रात हिरासतमा बितेको छ ।मुम्बईको अदालतले आर्यनसहित अरबाज मर्चेन्ट र मुनमुन धमेचाको जमानत अस्वीकार गरेपछि उनीहरू हिरासतमै बस्नु परेकाे हाे । अदालतले अर्यालसहित तीनै जनालाई एक दिन हिरासतमा राख्न नारकोर्टिक कन्ट्रोल ब्यूरो (एनसीबी) लाई अनुमति दिएको थियो ।

ग्स पार्टीमा पक्राउ परेका शाहरुख खानका छोरा आर्यनले प्रहरी हिरासतमै रात कटाएका छन् । नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले आइतबार आर्यनसँगै प’क्राउ परेका अरबाज मर्चेन्ट तथा मुनमुन धमिचालाई अदालतमा पेश गरेको थियो । र, अदालतले उनीहरुलाई एक दिन एनसिबीको हिरासतमा राख्न आदेश दियो ।

आर्यनका तर्फबाट चर्चित क्रिमिनल लयर सतिश मानसिन्देले मुद्दा लडिरहेका छन् । मानसिन्देले नै रिया चक्रवर्तीको केस पनि हेरेका थिए । शनिबार मुम्बईस्थित एक क्रुजमा एनसिबीले छापा मार्दा आर्यनसहित १३ जना पक्राउ परेका थिए । यस क्रुज जहाजमा ड्रग्स पार्टी चलिरहेको थियो । उक्त जहाज मुम्बईबाट गोआतर्फ जाँदै थियो । पार्टीमा सहभागी हुनेहरुले टिकटबापत ८० हजारदेखि २ लाख भारुसम्म तिरेका थिए ।

यद्यपी, आफुले कुनै पैसा नतिरेको, ड्रग्स पनि नलिएको र केवल पाहुनाका रुपमा पार्टीमा सहभागी भएको बयान आर्यनले दिएका छन् । आर्यनकाअनुसार यस पार्टीमा उनी आउने प्रचार गरेर अन्य धेरैलाई सहभागी हुन बोलाइएको थियो ।

मुम्बईस्थित कार्डेलिया द इम्प्रेस क्रूजमा आयोजित ड्रग्स पार्टीमा छापा मारेर एनसीबीले आर्यनसहित आठ जनालाई आइतबार हिरासतमा लिएको थियो ।आठमध्ये तीन जनालाई एनसीबीले सोधपुछ अदालतमा पेस गरेको थियो ।

अदालतको अनुमतिपछि तीनै जनालाई एनसीबीले आफ्नो हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।आर्यनका तर्फबाट चर्चित क्रिमिनल लयर सतीश मानेशिंदेले जमानत माग गरेका थिए ।

आर्यनको केस हेरिरहेका वकिल सतिश मानसिन्देले उनलाई जमानतमा रिहा गर्नुपर्ने तर्क अदालतमा राखेका थिए । तर, आइतबार यस्तो हुन सकेन । ‘मेरा क्लाइन्टलाई आयोजकले बोलाएका थिए । उनीसँग क्रुजको टिकट पनि थिएन । उनीबाट केही बरामद पनि भएन ।

उनको मोबाइल फोनको पनि जाँच भइसकेको छ । त्यहाँ पनि केही भेटिएन,’ मानसिन्देले भने,‘न उनले ड्रग्स लिएका छन् । न उनीबाट केही बरामद नै भएको छ ।’

यसअघि हरिले एनसिबी कार्यालयमा झन्डै ४ घण्टासम्म आर्यनलाई सोधपुछ गरेको थियो । आर्यनसहित तीन आरो’पीहरुलाई जेजे अस्पताल लगेर मेडिकल परीक्षण गरिएको थियो ।


Last Updated on: October 4th, 2021 at 11:07 am
३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया