मंगलबार ०३ जेठ २०७९

मासिक रू एक सयमा नेपालको सस्तो विद्यालय समता स्कुलमा पढ्दै आएकी अस्मिता अधिकारी विश्वको महंगो स्कुलमध्ये एकमा पढ्न पाउने भएकी छन् । संसारको महंगोमध्ये एक र सुविधायुक्क्त आइगलन कलेज स्वीजरल्याण्डमा छात्रवृत्तिमा पढ्न पाउने भएकी हुन् ।

जोन कर्लेटले १९४९ मा स्थापना गरेको आइगलन विश्वकै विशिष्टमध्येको एक हो ।सानैदेखि तीक्ष्ण बुद्धिकी अस्मिता कक्षा १० मा पढ्दा आइगलन कलेजका संस्थापक प्राध्यापक रिचर्ड म्याकडोनाल्ड नेपालको समता स्कुल आएका थिए ।

नेपालकै न्यून शुल्कमा अध्यापन गराउने स्कुलका संस्थापक उत्तम सञ्जेललाई वर्षमा एकजना विद्यार्थी छात्रवृत्तिमा स्वीजरल्याण्ड लैजाने कुरा गरेका थिए । अस्मिताको पारिवारिक अवस्था न्युन हो । उनका बुबा ट्याक्सी चालक हुन् । उनले ट्याक्सी चलाएर परिवार र दुई छोरीलाई समता स्कुलमा पढाउँदै आएका छन् । अस्मिताका बुबा अमृतले छोरी विश्वकै महँगो कलेजमा छात्रवृत्तिमा पढ्न पाउने भएपछि एकदमै खुसी व्यक्त गरेका छन् । उनी भन्छन्, “ट्याक्सी चलाएरै मैले महँगो कलजेमा पढाउन सक्दैनथे । तर बीचमा यस्तो मौका जुरेको छ ।

छोरीलाई सस्तो स्कुल भनेर समता स्कुलमा पढाएको थिएँ ।” ३.९ जीपीए ल्याएकी उनी १० कक्षामा हुँदा रिचर्ड म्याकडोनाल्डले मौखिक र लिखित परीक्षा लिएका थिए ।

करिब पाँचसय जनामा लिइएको परीक्षामा धेरैले भविष्यमा पाइलट, डाक्टरलगायत बन्ने भनेका थिए भने अस्मिताले म्युजिक भनिन् । म्याकडोनाल्डले सबैको फरक सोचाइकाबीच आएका मौखिक र लिखित कागज लगेका थिए । त्यसमध्ये अस्मिता छानिएकी हुन् । उनी सो कलेजमा जीसीएसइ पढ्ने भएकी छन् । अस्मितालाई स्वीजरल्याण्ड पढ्न जाने कुरा पहिला नै थाहा थियो ।

तर एकाबिहानै रूटिन अफ नेपाल बन्दमा उनको नाम आएको रहेछ । विश्वको महंगो कलेजमध्येको एक कलेजमा छात्रवृत्तिमा पढ्न पाएकोमा २ करोडको बधाई भनेर । उनले खुसी व्यक्त गर्दै भनिन्, “मैले नेपालमा कानुन विषय पढ्ने सोचेकी थिएँ ।

तर यस्तो राम्रो मौका पाएकी छु । खुसी छु ।”समता स्कुल तथा फाउन्डेसनले सन् २००० बाट अंग्रेजी माध्यममा नर्सरीदेखि डिग्रीसम्म मासिक सय रुपैयाँमा पढाइ सञ्चालन गर्दै आएको छ ।

समता स्कुलका संस्थापक उत्तम सञ्जेलले समता स्कुलको बारेमा सबै जानकारी गराउँदा रिचर्ड म्याकडोनाल्ड धेरै खुसी भएका थिए ।

पछि प्रत्यक्ष उनी आफैँ काठमाडौं आएका थिए ।समता स्कुलका संस्थापक उत्तम सञ्जेलले आइगलनमा पढ्दा वार्षिकसहित सबै शुल्क जोड्दा दुईकरोड हुन आउने बताए । “यो समताको सौभाग्य हो अबदेखि बर्षेनी एकजना विद्यार्थी त्यहाँ छात्रबृत्तिमा पढ्न जान पाउँनेछन् । बर्सेनी एकजना विद्यार्थीले त्यस्तो अवसर पाउनेछन् ।”

पालमा अथाह संभावना हुँदा हुँदै चर्चित गायक पशुपति शर्मा विदेश उडे, अमेरिकामा महिनामा नै १० लाख रुपैयाँ बढी आम्दानी हुने भएपछि ५ वर्षका लागि भन्दै अमेरिका हानिए पशुपति, भन्छन् नेपालमा कमाएको पैसाले पैसाले काठमाडौँमा भव्य बंगला बनाउन सकिएन, अमेरिकाबाट कमाएर ल्याएको पैसाले काठमाडौँमा भव्य बंगला किन्ने हो, हेर्नुहोस् भिडियो

न्यादी हाइड्रोपावरको आईपीओमा करिब १४ लाखको आवेदन, ८ गुणा बढी शेयर माग न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ करिब १४ लाखले आवेदन दिएका छन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार आइतबार साँझसम्ममा १३ लाख ७९ हजार आवेदनबाट १ अर्ब ७२ करोड ५२ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ५२ हजार २४० कित्ताको लागि आवदेन परेको छ ।

यो सर्वसाधारणलाई निष्काशन गरेको २० लाख ९२ हजार ५०० कित्ताको ८.२४ गुणा बढी हुन आउछ ।कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर

बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।कम्पनीले निष्काशन गेरको शेयरमा माग भन्दा बढी आवेदन परिसकेकोले असोज १९ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ ।कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा

सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।कम्पनीले निष्काशन गरेको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई बैंक रहेको छ भने प्रत्याभुतकर्ता नागरिक लगानी कोष रहेको छ ।हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ । स्थानियलाई १५ करोड रुपैयाँ, संस्थापक शेयरधनीहरुको लागि ३ करोड रुपैयाँ र सर्वसाधारणलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

१ अर्ब ७२ करोड ५२ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ५२ हजार २४० कित्ताको लागि आवदेन परेको छ ।यो सर्वसाधारणलाई निष्काशन गरेको २० लाख ९२ हजार ५०० कित्ताको ८.२४ गुणा बढी हुन आउछ ।कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २

 


Last Updated on: October 4th, 2021 at 11:48 am
२२० पटक हेरिएको

तपाईको प्रतिक्रिया