सोमबार ०४ आश्विन २०७८

काठमाण्डू उपत्यका र देशका अन्य भागमा पछिल्ला केही दिनहरूमा बत्ती जाने क्रम बढेको गुनासो सर्वसाधारणले गरिरहेका छन्।

एकै दिनमा पटक पटक बत्ती जाने गरेको कहिलेकाहीँ एक घण्टा भन्दा बढी समय बत्ती जाने गरेको गुनासो सामाजिक सञ्जालहरूमा उपभोक्ताहरूले पोस्ट गर्ने गरेका छन्।

कतिपयले १८ घण्टाभन्दा बढी लोडशेडिङको मार खेपिसकेको नेपाल पुनः त्यही बाटोमा फर्कन लागेको हो की भन्ने किसिमका आशङ्का पनि व्यक्त गरिरहेका छन्।

तर नेपाल विद्युत् प्राधिकरणले भने पछिल्लो समय उत्पन्न भएको अवस्था र लोडशेडिङबीच सम्बन्ध नरहेको जनाएको छ।

फेरि बारम्बार बत्ती जान थालेपछि के भन्छन् कुलमान घिसिङ
के भारतीय एक्सचेन्ज मार्केटमा नेपालको प्रवेशले विद्युत् महसुल सस्तो होला
देशमा हाल विद्युत् उत्पादनको अवस्था ”राम्रो रहेको” र भारतबाट गरिँदै आएको आयात समेत ”घटेको” प्राधिकरणको भनाइ छ।

त्यसो भए झ्याप्प झ्याप्प बत्ती जाने समस्या किन उत्पन्न भइरहेको छ?


Last Updated on: August 8th, 2021 at 1:16 pm
११५ पटक हेरिएको

तपाईको प्रतिक्रिया