बिहिबार ३१ भाद्र २०७८

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पहिलो एजेण्डा नै पार्टी एकता गर्ने रहेको केन्द्रीय सदस्यलाई बताएका छन् ।

एमालेको आन्तरिक वि,वा,द समाधानको प्रयास भइरहेको बेला विकसित राजनीतिक परिस्थितिको जानकारी दिन र केन्द्रीय सदस्यबाट सुझाव लिनका लागि माधव नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक बिहीवार बसेको छ ।

बैठकलाई सम्बोधन गर्दै नेता नेपालले पार्टी एकताको लागि सहमतिको प्रयास भइरहेको जानकारी बैठकलाई गराएको नेता अरूण नेपालले जानकारी दिए ।

वरिष्ठ नेता नेपाललाई उदृत गर्दै अरूण नेपालले भने, ‘पार्टीलाई एकताबद्ध गर्नको लागि निरन्तर प्रयास गरिरहेका छौं । पार्टीलाई खण्डित गर्ने, विभाजन गर्ने कुरा हुँदैन । पार्टी एकता मेरो निम्ति प्रिय छ । मेरो पहिलो एजेण्डा नै पार्टी एकता गर्ने हो भन्नुभयो ।’

पार्टी एकताको प्रयास हुँदा पनि विभिन्न आक्षेप लगाएर बिथोल्ने प्रयास भइरहेको पनि नेपालले बैठकलाई जानकारी गराएका थिए । ‘आज एउटा सहमति गर्‍यो, भोलि त्यो खण्डित भएको छ । एउटा सहमति गर्‍यो त्यो अर्को दिन तोडिएको छ । यसले विश्वासको वातावरण बनेको छैन । यस्तो हुनुहुँदैन,’ नेपालले बैठकमा भनेका थिए ।

बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले भने, ‘एकता गर्ने कुरामा कहिल्यै विमति हुँदैन तर सम्मानजनक हैसियत विनाको एकता भोलि उत्पन्न हुने दुष्परिणामको भागिदार म बन्नुपर्ने हुन्छ । त्यसकारण एकता गर्ने कुरामा सोचविचार गरेर नै एकता गर्ने पक्षमा रहेको छु ।’

नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा कार्यदलका संयोजक भीम रावलले १० बुँदे सहमतिको आधार र अन्तर्य प्रस्तुत गरेका थिए । उनले १० बुँदे सहमतिमै टेकेर पार्टीको वि,वा,द समाधान हुनुपर्ने धारणा बैठकमा राखेका थिए ।

बिहीवारको बैठकमा विजय पौडेल, झपट रावल, अरुण नेपाल, चुडामणि जंगली, ठाकुर गैरे, रामकुमारी झाँक्री लगायतका नेताले बोलेका थिए । बैठकमा बोल्ने धेरैले सम्मानित हिसाबले पार्टी एकता गर्नुपर्नेमा जोड दिएका थिए ।

बैठकमा बोल्दै नेता अरूण नेपालले एमाले सर्वाधिक ठूलो राजनीतिक दल भएको, यसको विभाजनले संविधान र देशको व्यवस्थामा नै समस्या आउने भएकाले संविधानको रक्षा र हितको लागि पनि एमालेको विवाद समाधान गरेर एकताबद्ध पार्टी बनाउनुपर्ने मत बैठकमा राखेका थिए ।

‘विश्वासिलो वातावरण तयार गरेर पार्टीको वि, वा,द मिलाउनुपर्छ । एमाले मिल्दा नै संविधान र व्यवस्थाको हित हुन्छ । विरोधीहरूले खण्डित गर्न खोजेका हुन् भने झन् बलियो एकता बनाउनुपर्छ,’ नेता नेपालले बैठकमा भनेका थिए ।

अहिल्यै पार्टीमा २ अध्यक्षको व्यवस्था गर्न ठीक नहुने सुझाव नेपालले बैठकलाई दिएका थिए । ‘पावर शेयरिङ गरौं । सबैको मनोवैज्ञानिक सुरक्षा पनि चाहिन्छ । पार्टीमा २ अध्यक्षको व्यवस्था छैन् । विधान महाधिवेशन बोलाऊ । विधान संशोधन गरौं र २ अध्यक्षको व्यवस्थामा जाऔं,’ नेता अरूण नेपालले भनेका थिए ।

उनले पार्टी वि,वा,दका क्रममा दुवै पक्षबाट ठूलो मात्रामा आरोप–प्रत्यारोप भएको र यसको समीक्षा हुनुपर्ने पनि बताएका थिए । ‘गालीगलौज पनि भएका छन् । यसको समीक्षा हुनुपर्छ । त्यसका लागि विश्वासिलो कार्यदल बनाऊ र त्यसको प्रतिवेदन आगामी महाधिवेशनमा प्रस्तुत गरौं भनेको छु,’ नेता नेपालले भने ।

‘बैठकमा सबैले भरपर्दो र सम्मानित हिसाबले पार्टीको वि,वा,द मिलाउनुपर्छ भन्ने कुरा आएका छन् । पार्टी एकता गर्दा विधि र पद्धतिलाई मिच्नु हुँदैन । कसैको आदेश र लहडमा पार्टी चल्ने व्यवस्थाको अन्त्य हुनुपर्छ भन्ने कुरा गरेका छौं,’ नेत्री रामकुमारी झाँक्रीले भनिन् ।

बैठकमा नेत्री झाक्रीले कार्यदलका सदस्यहरूले वि,वा,दलाई कार्यदल भर्सेस केन्द्रीय कमिटी जस्तो बनाएको र यस्तो काम रोक्नुपर्ने भनेपछि भीम रावलले झाँक्रीको प्र,ति,वा,द गरेका थिए । स्रोतका अनुसार नेत्री झाक्रीले बैठकमा भनेकी थिइन्, ‘केपी ओलीसँग कार्यदलका सदस्यहरूले माधव नेपालको पक्षमा मान्छे नै नरहेको, चुनावमा जाँदा उनलाई कसले भोट दिन्छ र भन्ने ढंगले कुरा गर्नुभएको छ । पार्टी वि,वा,दलाई कार्यदल भर्सेस केन्द्रीय कमिटी जस्तो बनाइएको छ । यो जसले गर्नुभएको छ । आजैबाट रोक्नुहोस् ।’

झाँक्रीले बोल्दाबोल्दै भीम रावलले उनको प्रतिवाद गरे । रावलले भने, ‘तपाईंहरूले मिडिया र सार्वजनिक रूपमा भनेका कुराको जिम्मेवारी चाहिँ कसले लिन्छ ? हामीले कार्यदलमा अथवा अन्यत्र कहीँ पनि त्यस्ता कुरा गरेका छैनौं । यस्ता कुरा बैठकमा नगर्नुहोस् ।’


Last Updated on: August 8th, 2021 at 1:43 pm
२६० पटक हेरिएको

तपाईको प्रतिक्रिया