मंगलबार ०३ जेठ २०७९

एउटा निजी विमान उत्तर इटालीको सहर मिलानमा रहेको खाली अफिस भवनमा खस्दा त्यसमा सवार सबै ८ जनाको मृ,त्यु भएको छ । सार्डिनिया टापुका लागि मिलानको लिनाते विमानस्थलबाट उडान भरेको सो विमान केही बेरमा नै दुर्घटनाग्रस्त बनेको थियो ।

इटालियन मिडियाका अनुसार विमानका चालक ६८ वर्षीय रोमानियन अर्बपति डान पेट्रेस्कु रहेका थिए । उनीसँगै उनको पत्नी र छोराको पनि मृ,त्यु भएको छ । पेट्रेस्कु रोमानिया सबैभन्दा धनी व्यक्तिहरु मध्येमा पर्दछन् ।

दु,र्घ,ट,नापछि अफिस भवन र पार्किङ गरिएका गाडीमा आगलागी भएको थियो । तर, जमिनमा रहेका कोही पनि घाइते भएनन् । दुर्घटनाको कारणबारे छानबिन सुरु गरिएको छ । केही प्रत्यक्षदर्शीले एकल इन्जिन रहेको पिलाटस पीसी–१२ विमानमा दु,र्घ,ट,नाअघि नै आगोका लप्काहरु देखिएको बताएका छन् । बिबिसी

नयाँदिल्ली १८ असोज – भारतमा कोरोनाभाइरसबाट थप २० हजार ७९९ जना सङ्क्रमित भएका छन् । भारतमा कोरोना सङ्क्रमणको कारण आइतबार थप १८० जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सङ्क्रमणबाट भारतमा हालसम्म चार लाख ४८ हजार ९९७ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २० हजार ७९९ जना सङ्क्रमित भएका हुन् । अघिल्लो दिन आइतबार बिहान सार्वजनिक जानकारीअनुसार शनिबार एक दिनमा २२ हजार ८४२ जना नयाँ सङ्क्रमित थपिएका थिए । शनिबार भन्दा आइतबार सङ्क्रमितको सङ्ख्या घटेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

यसअघि दैनिक सङ्क्रमितको सङ्ख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेको हो । सङ्क्रमित र मृत्यु भएका मध्ये धेरै केरला राज्यका रहेका छन् । अन्य क्षेत्रमा महामारी कम हुँदै गएपनि केरलामा भने बढ्दै गएको पाइएको छ । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या दुई लाख ६४ हजार ४५८ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको यो संख्या २०० दिन यताको नै कम हो । भारतमा पछिल्लो समय दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको तथ्याङ्कले देखाएको छ ।

दैनिक सङ्क्रमितको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको हो । आइतबार दिनभर २० हजार ७९९ सङ्क्रमित हुँदा २६ हजार ७१८ जना सङ्क्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ३१ लाख २१ हजार २४७ रहेको अधिकारीले जनाएका छन् । भारतको चिकित्सा अनुसन्धान परिषद्काअनुसार कोरोना शुरु भएदेखिहालसम्म भारतमा ५७ करोड ४२ लाख जना कोरोना परीक्षण गरिएको छ । भारतमा गत जनवरी १६ तारिखबाट कोरोना विरुद्ध खोप अभियान शुरु गरिएको हो सो समयबाट हालसम्म ९० करोड ७९ लाख ३२ हजार भन्दा बढी डोज खोप लगाइएको छ ।

प्रतिकृया दिनुहोस

ट्रेन्डिङ

शाहरुख खानका छोरा ड्रग्स केसमा फसे पछि सुनिल शेट्टीको आयो यस्तो प्रतिक्रिया


दाँतमा किरा लाग्यो ? नआत्तिनुहोस्, दाँतको किरा मार्ने यी हुन् अचुक घरेलु उपाय


सुनकोसी नदीमा र्‍याफ्टिङ गर्ने क्रममा दीमा खसेर २२ वर्षीय सजन खड्काको मृत्यु, काठमडौँबाट गएका १० जनामध्ये सजन बेपत्ता भएका थिए, उनको शव प्रहरीले आज फेला पारेको हो


बाबु फिल्ममा ब्यस्त भएका बेला छोरा आर्यनले लुकि लुकि गर्दा रहेछन् यस्तो काम


सुर्खेतमा माइत हिँडेकी रामकली घरदेखि एक किलोमिटर टाढा यस्तो अबस्थामा फेला


अब पेट्रोलको भाउ प्रतिलिटर १३९, ग्याँस एलपी ग्यासमा प्रतिसिलिन्डर एक हजार ९६१


फेरी शोकमा डुब्यो बलिउड,चर्चित सिरियल तारक मेहताका उल्टा चश्माका नट्टू काकाको निधन


शाहरुख खानका छोरा आर्यन पक्राउ परेपछि बोले सुनिल शेट्टी


घट्यो फलामे छडको मूल्य

१०
पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, असोज १८ गते सोमबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

सम्बन्धित समाचार
सोमबारका दिन भगवान् शिवलाई सम्झेर गर्नुहोस् यि काम, तपाईको मनोकाक्षा पूरा हुनेछ
सोमबारका दिन भगवान् शिवलाई सम्झेर गर्नुहोस् यि काम, तपाईको मनोकाक्षा पूरा हुनेछ
बाग्लुगं कालिकामाइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल
बाग्लुगं कालिकामाइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल
पशुपतिनाथले हामीसबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल
पशुपतिनाथले हामीसबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल
छुटाउनु भयो की ?
चलचित्र निर्माता संघका अध्यक्ष अधिकारी भन्छन् हलका सिट आधा खाली राखेर फिल्म देखाउन सकिँदैन (अन्तर्वार्ता)
चलचित्र निर्माता संघका अध्यक्ष अधिकारी भन्छन् हलका सिट आधा खाली राखेर फिल्म देखाउन सकिँदैन (अन्तर्वार्ता)

 

 


Last Updated on: October 4th, 2021 at 4:48 pm
१२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया