आइतबार १९ मंसिर २०७८

फिल्म छायाँकनका लागि नेपाल आएका बलिउड कलाकार अनुपम खेरले मंगलबार पशुपतिनाथको दर्शन गरेका छन् ।

आफूले पशुपतिको दर्शन गरेको जानकारी ट्वीटरमार्फत दिएका उनले भनेका छन्, ‘प्राचिन मन्दिर पशुपतिनाथको दर्शन गर्दै सबैको कल्याण, स्वास्थ्य र शान्तिका लागि प्रार्थना गरेँ ।’

खेरले काठमाडौंको चर्चित पशुपतिको दर्शन गर्न पाउँदा आफूलाई भाग्यमानि ठानेको बताएका छन् ।

हिन्दुको पवित्रस्थलमा आउँदा आफूलाई खुसी र शान्ति मिल्ने गरेको उनले बताएका छन् । उचाइको छायांकनका लागि अनुपम खेरसँगै परिणिती चोपडा, बोमन इरानी, सारिका हसनलगायतको टोली काठमाडौं आइपुगेको हो ।

खेरले नेपालमा छायाँकन हुने यो फिल्म आफ्नो करियरको ५२०औँ फिल्म भएको जानकारी पनि दिएका छन् ।

यस चलचित्र काठमाडौँ, लुक्ला, लाङटाङ, मनाङ र मुस्ताङ लगायत स्थानमा सुटिङ गरिनेछ । फिल्म उचाइको टोली करिब ४० दिन नेपालमा रहने बताइएको छ ।

सुरुज वर्जत्यको निर्देशनमा निर्माण हुन लागेको उचाइमा अभिनेता अमिताभ बच्चन र डेनी डेनजोङपाको अभिनय रहने भए पनि उनीहरु भने आइपुगेका छैनन्

सल्यान : शुक्रबार बिहानकाे समय थियाे । शिवजन मावी सितलपाटी सल्यानमा कक्षा १२ काे परिक्षा दिएर बरलाका करिब १७/१८ वर्षका रेखा बुढाथोकी, सुनिता नेपाली, सुशीला नेपाली, मिना परियार र दिपा बुढाथोकी घर फर्किदै थिए । उनिहरू सधै सँगै हिड्ने र मिल्ने साथी हुन् ।

सितलपाटी र बरला करिब ३ किलाेमिटरकाे दुरीमा पर्छ । उनिहरु स्कुलबाट हिडेरै घर जाने गर्थे । स्कुलमा परिक्षा दिएर राप्ती राजमार्गबाट हिड्दै गएका उनिहरु बरला नपुग्दै भेटिने बाङ्गेसल्ला नेर बस्छन् । सडककाे घारी पिउने पानीकाे धारा छ । उनिहरु पानी खाएर सडककाे छेउमा रहेकाे बाङ्गाे सल्लाेकाे मुनी बसेर सितल लिइरहेका हुन् ।

याे बेला बिहानकाे करिब १० बजेकाे थियाे । सडक घुम्ती छ । थारमारेबाट लु २ च ५७०१ नम्बरको भरत बेकरी डेरीकाे डबल क्याप स्कार्पियाे हुइकिएर आउँछ ।

यसरी तिव्र गतिमा आएकाे गाडीलाइ चालकले नियन्त्रणमा लिन सक्दैनन् । अन्तत सडक छेउमा बसेका पाँच जना छात्राहरूमा ठाेक्किएर १० मिटर तल खेतमा पुग्छ । तिव्र गतिमा आएकाे स्कार्पियाेले ठ’क्क’र दिँदा काेहि गाडीसँगै खेतमा पुग्छन् भने काेहि सडक छेउमै पछारिन्छन् । स्कार्पियाे भित्र अन्य यात्रुहरु पनि थिए । तर उनिहरु भने सकुशल छन् ।

दु’र्घटनामा परेका पाँच छात्रा मध्ये २ जनाकाे मृत्यु भएकाे छ भने ३ जनाकाे अहिले नेपालगन्जमा उपचार भैरहेकाे छ । मृत्यु हुनेमा रेखा बुढाथोकी र सुनिता नेपाली रहेका छन् । घाइते सुशीला नेपाली, मिना परियार र दिपा बुढाथोकीकाे उपचार भैरहेकाे छ ।

पाँचै जनालाइ उपचारका लागि नेपालगन्ज लिदै गर्दा २ जनाकाे बाटाेमै मृत्यु भएपछि उनिहरुकाे शव अहिले जिल्ला अस्पताल सल्यानमा ल्याइएकाे छ । यतिखेर बरला गाउँ शाे’कमा डुबेकाे छ । मृतक तथा घाइतेका आफन्तले दाेषिलाइ कडा कारबाही र उचित क्षतिपुर्तीकाे माग गर्दै दिउँसाेदेखि राप्ती राजमार्ग अवरुद्ध गरेका छन् । गाडी धनि सम्पर्कमा ल्याएर सहमति गर्ने प्रयास प्रहरीले गरेकाे जनाएकाे छ । स्रोत लेकाली अनलाइन बाट

 


Last Updated on: October 5th, 2021 at 11:02 am
१५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया