आइतबार १९ मंसिर २०७८

नेपाली कला क्षेत्रमा कसलाई ‘महानायक’ मान्ने भन्ने सवालमा कला क्षेत्र नै अन्योलमा छ । न कुनै प्रष्टमापदण्ड न कुनै प्रक्रिया, एक्कासी कसैले ‘महानायक’ उपाधि जोडिदिएको भरमा कसैलाई कसरी ‘महानायक’ भनेर मान्न सकिन्छ । केही समय यता ‘महानायक’का विषयमा सामाजिक संजालमा निकै चर्चा परिचर्चा हुँदै आएको छ ।

सेलाउदै गएको महानायक विवाद एकपटक निर्देशक शोभित बस्नेत ले फेरी उठाएका छन । हुन त उनले माफी पनि मागे तर पनि घुमाउरो पाराले राजेश हमाल भन्दा भुवन केसी नै ठुलो है भनेका छन । यसै बिषय मा नेपाली हलचित्र को ३१ बर्ष देखी पोस्टर टास्ने काम गर्ने राजेशले आफ्नो बिचार राखेका छन हेरौ भिडियो

सल्यान : शुक्रबार बिहानकाे समय थियाे । शिवजन मावी सितलपाटी सल्यानमा कक्षा १२ काे परिक्षा दिएर बरलाका करिब १७/१८ वर्षका रेखा बुढाथोकी, सुनिता नेपाली, सुशीला नेपाली, मिना परियार र दिपा बुढाथोकी घर फर्किदै थिए । उनिहरू सधै सँगै हिड्ने र मिल्ने साथी हुन् ।

सितलपाटी र बरला करिब ३ किलाेमिटरकाे दुरीमा पर्छ । उनिहरु स्कुलबाट हिडेरै घर जाने गर्थे । स्कुलमा परिक्षा दिएर राप्ती राजमार्गबाट हिड्दै गएका उनिहरु बरला नपुग्दै भेटिने बाङ्गेसल्ला नेर बस्छन् । सडककाे घारी पिउने पानीकाे धारा छ । उनिहरु पानी खाएर सडककाे छेउमा रहेकाे बाङ्गाे सल्लाेकाे मुनी बसेर सितल लिइरहेका हुन् ।

याे बेला बिहानकाे करिब १० बजेकाे थियाे । सडक घुम्ती छ । थारमारेबाट लु २ च ५७०१ नम्बरको भरत बेकरी डेरीकाे डबल क्याप स्कार्पियाे हुइकिएर आउँछ ।

यसरी तिव्र गतिमा आएकाे गाडीलाइ चालकले नियन्त्रणमा लिन सक्दैनन् । अन्तत सडक छेउमा बसेका पाँच जना छात्राहरूमा ठाेक्किएर १० मिटर तल खेतमा पुग्छ । तिव्र गतिमा आएकाे स्कार्पियाेले ठ’क्क’र दिँदा काेहि गाडीसँगै खेतमा पुग्छन् भने काेहि सडक छेउमै पछारिन्छन् । स्कार्पियाे भित्र अन्य यात्रुहरु पनि थिए । तर उनिहरु भने सकुशल छन् ।

दु’र्घटनामा परेका पाँच छात्रा मध्ये २ जनाकाे मृत्यु भएकाे छ भने ३ जनाकाे अहिले नेपालगन्जमा उपचार भैरहेकाे छ । मृत्यु हुनेमा रेखा बुढाथोकी र सुनिता नेपाली रहेका छन् । घाइते सुशीला नेपाली, मिना परियार र दिपा बुढाथोकीकाे उपचार भैरहेकाे छ ।

पाँचै जनालाइ उपचारका लागि नेपालगन्ज लिदै गर्दा २ जनाकाे बाटाेमै मृत्यु भएपछि उनिहरुकाे शव अहिले जिल्ला अस्पताल सल्यानमा ल्याइएकाे छ । यतिखेर बरला गाउँ शाे’कमा डुबेकाे छ । मृतक तथा घाइतेका आफन्तले दाेषिलाइ कडा कारबाही र उचित क्षतिपुर्तीकाे माग गर्दै दिउँसाेदेखि राप्ती राजमार्ग अवरुद्ध गरेका छन् । गाडी धनि सम्पर्कमा ल्याएर सहमति गर्ने प्रयास प्रहरीले गरेकाे जनाएकाे छ । स्रोत लेकाली अनलाइन बाट


Last Updated on: October 5th, 2021 at 12:10 pm
१०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया