मंगलबार ०३ जेठ २०७९

केही दिन अगाडि झापा जिल्लाको दमक नगरपालिका ३ बस्ने सन्तोष श्रेष्ठ नाबालक छोराछोरी छोडेर श्रीमती हिडेको भन्दै मिडियामा आएका थिए । श्रीमती नुमा लिम्बू ३ वर्षकि छोरी र १८ महिने छोरा छोडेर सम्पर्क बिहिन भएपछि छोराछोरीको बिचल्ली हुने भन्दै खोजी गरिदिन आग्रह गर्दै मिडियामा आएको सन्तोषले बताएका थिए । नुमा हराउनु भन्दा अगाडि पनि त्यसरी नै हिड्ने गरेकोले आफुले खोजी गरि ल्याउने गरेको उनले बताएका थिए । तर अहिले भने फोन पनि सम्पर्क नहुने भन्दै उनी मिडियामा आएका थिए ।

अघिल्लो दिन मात्र फर्काएर ल्याएका सन्तोषलाई भोलिपल्ट फोन गरेर एक्कासी अब तेरो घरमा आफू नबस्ने भन्दै आफू हिडेको बताए पछि डिउटिमा छोराछोरी बिरामी छन भने घर आउदा नुमा घरमा नभेटिएको छोराछोरी मात्र रुदै बसेको आफुले भेटेको सन्तोषको भनाई थियो । तर नुमा लिम्बुले भने आफुलाई सन्तोषले सधै रक्सी खाएर कुटपिट गर्ने, लुगाफाटो फ्याकिदिने गरेकोले आफू बस्न नसक्ने अवस्था भएकोले हिडेको उनले बताएकी थिइन । प्रहरीमा गएर मिलापत्र गरेर आए पछि पनि नसुधि्रएकोले आफू छोडेर हिड्न बाध्य भएको उनको भनाई थियो ।

अहिले उनोहरु मिलेर आएको सन्तोषले बताएका छन । तर उनकी श्रीमती नुमाले भने आफुहरु मिलेर आएको भएता पनि आफू तत्काल सन्तोषसगैँ भने नबस्ने बताएकी छिन । आफू छोराछोरी सम्मालेर माइतीमै बस्ने उनले बताएकी छिन । श्रीमानले जाडरक्सी खान छोडेर आफ्नो ब्याबहार सुधारे पछि लिन आए मात्र आफू सगँ बस्ने नुमाले बताएकी छिन । अहिले भने छोराछोरीको स्याहार सुसार गरेर माइती मै बस्ने उनले बताईन । आफू तत्काल भने छोराछोरीको लागि मिलेको बताईन । अब सुधृए आफुसगै बस्न तयार भएको उनले बताए ।

सन्तोषले भने आफुले अहिलेसम्म जे जस्तो भएता पनि अब त्यसो नगर्ने भन्दै माफी मागेका छन । आफू अब जाडरक्सी नखाने भन्दै उनले मिलेर बस्ने बताएका छन । माया गरेर मन पराएर विवाह गरेको मा आफ्नो गल्तिका कारण अहिले यस्तो भएको भन्दै अब यस्तो नहुने उनले बताए । नुमाले भने श्रीमानले रक्सी खाएर कुटपिट गर्ने, आफ्नो आमालाई नराम्रो गर्ने लगायतका काम गरेकोले आफ्नो त्यसैमा चित्त दुखेको उनले बताएकी छिन । जुन दिन यी सबै काम गर्न छोडेर आउँछ त्यही दिन आफू माइतिबाट श्रीमानसगैँ बस्ने बताइन ।

करिव एक हप्ता अघि उनिहरुको भिडियो मिडियामा आएपछी अहिले फेरि सन्तोष र नुमा पुन एकै साथ मिडियामा सगैँ आएका छन । सन्तोषसगैँ मिडियामा आएकी नुमाले आफू र आफ्नो आमालाई लात्तिले हान्दै कुटपिट गरेकोले त्यही दिनबाट आफू सन्तोषसगँ नबस्ने भन्दै हिडेको र अब पनि बस्दैनबस्ने बताईन । तर सन्तोषले भने प्रहरी समक्ष मिलेर आईसके पछि आफुले कुटपिट नगरेको र अब नगर्ने बताएका थिए । श्रीमान श्रीमतिको सामान्या झगडा भएता पनि आफुले हात नउठाएको उनको भनाई उनको थियो । (भिडियो हेर्नुस)



Last Updated on: October 5th, 2021 at 12:56 pm
१२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया