सोमबार ११ आश्विन २०७८

सुनसरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोक्राहा नरसिंह गाउँपालिका–४ चिरौली चोकका ३५ वर्षीय हेमन्त उराउ रहेका छन् ।

 

शनिबार चिरौली चोकमा को८प ४११५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो बेलुका पौने ९ बजे भएको सो दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार उराउ गम्भीर घाइते भएका थिए ।

घाइते उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा राति सभा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीले मोटरसाइकल र चालक इनरुवा नगरपालिका–९ बबियाका ४० वर्षीय बाबुराम उरावलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

 


Last Updated on: August 8th, 2021 at 3:58 pm
३०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया