आइतबार १९ मंसिर २०७८

बर्दियाको बबई नदीमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ । अर्का एक व्यक्ति बेपत्ता भएका छन् । बाग्लुङ घर भएका हुकुम विकको डुबेर मृत्यु भएको हो । बारबर्दियाका लेखनाथ पौडेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । बेपत्ता पौडेलको खोजी गर्न बबई नदी तटिय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । उनको खोजीमा नदी तटीय क्षेत्रका बासिन्दा समेत जुटेका छन् ।

यो पनि- अस्पतालमा कार्यरत एक कर्मचारी मृत फेला

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कम्प्युटर अपरेटर पदमा कार्यरत एक कर्मचारी आफ्नै काठोमा आज मृतावस्थमा भेटिएका छन् । प्रहरीका अनुसार सप्तरीको राजविराज नगरपालिका–२ की २६ वर्षीया रुवीकुमारी साफीलाई आफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिएको छ ।एक वर्षअघि रुवीका पति अस्पतालको फार्मेसीमा कार्यरत राजन साफीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । फार्मेसीमा कार्यरत पतिको मृत्यु भएपछि अस्पतालले रुवीलाई कम्प्युटर अपरेटर पदमा जागिरसमेत दिएको थियोे ।

स्थानीयवासीका अनुसार सासू र देवरले रुवीको तलब हात पार्न निकै प्रयास गरेपछि उनी घरेलु हिं.सामा परेकी थिइन् । रूवी र राजनका दुई छोराछोरी छन् । घरझगडा सहन नसकेपछि आ.त्मह.त्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

यो पनि – तिलोत्तमाकी भण्डारीको शङ्कास्पद मृत्युबारे गृहमन्त्रीको ध्यानाकर्षण

तिलोत्तमा नगरपालिकाले सीता भण्डारीको शङ्कास्पद मृत्यु र त्यससँग जोडिएका विषयमा गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएको छ । नगरप्रमुख वासुदेव घिमिरे नेतृत्वको टोलीले आज गृह मन्त्रालयमा मन्त्री खाँणलाई भेटेर घटनाको विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो । नगरपालिकाले घटनाको विश्वसनीय छानबिन गर्दै वास्तविक तथ्य छिटो सार्वजनिक गर्न र दोषीउपर हदैसम्मको कानूनी कारबाही गर्न गृहमन्त्रीसँग माग गरेको छ । घटनाको विषयमा यसअघि नै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको नगरपालिकाले सत्यतथ्य छानबिन र पीडित पक्षलाई न्याय दिलाउन प्रहरी प्रशासन तथा जिल्ला प्रशासन कार्यालयलाई समेत पटकपटक गम्भीर ध्यानाकर्षण गराए पनि अझैसम्म घटनाको निष्कर्ष र वास्तविकता आउन नसक्दा पीडित झनै पीडित भएको तथा आन्दोलन र विरोध दिनानुदिन बढ्दै गइरहेको गृहमन्त्री खाँणलाई जानकारी गराएको छ ।

घटनालाई महिला हिंसा र सामाजिक न्यायको दृष्टिकोणबाट पनि हेर्दै पीडित पक्षको न्यायका लागि नगरपालिका समन्वय र सहकार्य गर्न तयार रहेको नगरपालिकाले पुनः स्पष्ट पारेको छ । तिलोत्तमा–५ मणिग्राम घर तथा वडा नं ८ चार नं माइत भएकी २७ वर्षीय सीता भण्डारीको भदौ २० गते मणिग्राम घरमा शङ्कास्पद मृत्यु भएपछि घटनाको विषयलाई लिएर दिनहुँजसो प्रदर्शन भइरहेका छन् । विरोध प्रदर्शन तथा आन्दोलनले नगरपालिकाको सेवा प्रवाहसमेत प्रभावित भएको छ ।

यसअघि नगरपालिकाले भदौ २७ गते प्रेस विज्ञप्ति र भदौ २८ गते सर्वदलीय बैठक राखेर घटनाको विषयको निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीउपर कडाभन्दा कडा कारबाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन प्रहरी प्रशासनको गम्भीर ध्यानाकर्षण गराएको थियो ।

प्रतिक्रिया दिनुहोस


Last Updated on: October 5th, 2021 at 3:11 pm
४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया