बुधबार १० कार्तिक २०७८

काठमाडौँ १९ असोज । साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरीलाई जिल्ला अदालत मोरङले सफाइ दिएको छ । ७७ जना प्रतिवादी मध्ये पक्राउ परेका आठ जनलाई दोषी ठहर गर्दै अदालतले यसमा तानिएका सबै प्रहरीलाई भने सफाई दिएको हो ।

सफाई पाउने प्रहरी अधिकारीमा तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल रहेका छन् । आज मंगलबार बसेको जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको एकल इजलासले ६ जनालाई भने जन्मकैदको सजाय सुनाएको छ ।

२०७४ साल माघमा यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै नेपाल भित्र्याइएको ३३ किलो तस्करीको सुन सम्बन्धित व्यक्तिमा नपुगी गायब भएको थियो । सोसँगै भरिया सनम शाक्यको हत्या भएको थियो ।

काठमाडौ । सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने पहिलो नेपाली पाइलट म्याग्दी बेनीका सोबित गौचन । बत्तीस वर्षीय गौचनले २०७८ वैशाख २८ गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।

निकुञ्ज संरक्षणमा मध्यवर्ती क्षेत्र प्रभावकारी-चितवन – पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्ज संरक्षणमा मध्यवर्ती क्षेत्र प्रभावकारी बनेको छ । चोरी शिकारको प्रवेश विन्दु मानिने मध्यवर्तीका बासिन्दा निकुञ्ज संरक्षणमा जुट्दै आएका छन् । पच्चीस वर्षअघि सरकारले नियमावली बनाएर मध्यवर्तीको घोषणा गरेको हो । यससँगै स्थानीयवासीको जीवनस्तर उकास्न राज्यले सहयोग गर्दै आएको छ भने स्थानीय संरक्षणमा जुटेका छन् ।

विसं २०५३ मङ्सिर १७ गते ‘मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमानवली’ राजपत्रमा प्रकाशित भएसँगै मध्यवर्तीको अवधारणा अघि बढेको हो । सोही नियमावली अनुसार मध्यवर्ती क्षेत्र व्यवस्थापन परिषद् गठन गरिएको हो । पछि परिषद्लाई समिति बनाइएको छ । निकुञ्ज आसपास रहेका चार जिल्लाका एक महानगरपालिका, आठ नगरपालिका र तीन गाउँपालिकाका भू–भाग मध्यवर्ती क्षेत्रमा पर्दछन् । मध्यवर्तीमा चितवन, मकवानपुर, नवलपरासी (त्रिवेणी सुस्ता पूर्व) र पर्सा जिल्लाका पालिकाका भूभाग पर्दछन् । तीन लाखभन्दा बढी जनसङ्ख्या भएको मध्यवर्ती क्षेत्र ७२८.३९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

निकुञ्जमा उठेको राजस्वको ३० देखि ५० प्रतिशत मध्यवर्ती क्षेत्रमा पठाइने गरिन्छ । आर्थिक वर्ष २०५४÷५५ देखि हालसम्म रु एक अर्ब नौ करोड ७६ लाख ८७ हजार ८८४ मध्यवर्ती क्षेत्रमा आइसकेको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार प्राप्त रकमलाई मध्यवर्तीले पाँच क्षेत्रमा लगानी गर्दछन् । कूल रकमको ३० प्रतिशत सामुदायिक विकास, ३० प्रतिशत संरक्षण कार्य, २० प्रतिशत आयआर्जन, सीप विकास, १० प्रतिशत संरक्षण शिक्षा र १० प्रतिशत प्रशासनिक खर्च गरिँदै आएको छ । जसका कारण मध्यवर्ती क्षेत्रमा संरक्षणका कामसँगै विकास निर्माणका काम हुँदै आएका छन् । यसले निकुञ्ज र जनताबीचको द्वन्द्व न्यूनीकरण गर्न सहयोग पुगेको छ ।
मध्यवर्तीमा २१ उपभोक्ता समिति र एउटा उपसमिति छन् । ती समितिभित्र एक हजार ७८४ समूह रहेको सूचना अधिकारीले जानकारी दिनुभयो । ती समूहमार्फत् संरक्षण कार्यहुँदै आएको छ ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका संस्थापक अध्यक्ष केशव देवकोटा निकुञ्ज र जनताको बीचमा सम्बन्ध सुदृढ गर्दै संरक्षणमा उपभोक्ता समिति प्रभावकारी भएको बताउनुहुन्छ । तत्कालीन समयमा मध्यवर्तीका बासिन्दा र निकुञ्ज कर्मचारीकाबीचमा ठूलो खाडल भए पनि क्रमशः यो मेटिदै गएर अहिलेसँगै संरक्षणमा जुटेको उहाँले जानकारीदिनुभया । तत्कालीन समयमा मध्यवर्तीका बासिन्दाले वन पैदावर हक र अधिकारको रुपमा लिने गरेको स्मरण गर्दै उहाँले यसबाटै द्वन्द्व सिर्जना भएकोमा अहिले सबै हटेर गएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले मध्यवर्तीका बासिन्दा निकुञ्ज हाम्रो हो, संरक्षण गर्नुपर्छ भन्ने अवस्थामा पुगेका छन् ।”

समितिका अध्यक्ष प्रकाश ढुङ्गाना जनताको सहभागिताबिना संरक्षण सम्भव नहुने बताउनुहुन्छ । कतिपय विषयमा अहिले पनि द्वन्द्व रहेको जनाउँदै उहाँले पशुधन र बालीनालीको राहात बढाएर सहजीकरण गर्नुपर्नेमा जोड दिनुहुन्छ । उहाँले तत्कालीन समयमा वन्यजन्तुले मानव क्षति बनाउँदा रु २५ हजार दिइने गरकामा अहिले बढेर रु १० लाख पुगेको र सँगसँगै अघि बढ्दा संरक्षणमा ठूलो उपलब्धि भएको बताउनुभयो ।

निकुञ्ज आसपास बस्ने बासिन्दालाई वैकल्पिक पेशाको व्यवस्थाका लागि लागे पनि उनीहरु आफ्नो पुर्खाैली पेशा छाड्न अझै नचाहेको हुँदा कतिपय अवस्थामा समस्या देखिँदै आएको छ । अध्यक्ष ढुङ्गानाले आगामी दिनमा भौतिक निर्माणमा पालिकालाई केन्द्रित गराएर संरक्षणसम्बन्धी अन्य काममा मध्यवर्ती लाग्नुपर्ने बताउनुभयो । मध्यवर्तीको स्थापनासँगै यहाँका बासिन्दाको जीवनस्तरमा परिवर्तन आएको उहाँको भनाइ छ ।

प्रतिकृया दिनुहोस


Last Updated on: October 5th, 2021 at 4:56 pm
६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया