आइतबार १९ मंसिर २०७८

काठमाडौं – शनिबार राति मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा एनसीबीले छापा मारेको थियो। एनसीबीको छापापछि बलिउडस्टार शाहरुख खानका छोरा आर्यन खानसँगै ९ जना प,क्राउ परे।

पक्राउ पर्नेमा प्राइमरी स्कुलकी शिक्षिका नूपुर सारिका पनि रहेकी छिन्। उनी दिल्लाी स–साना केटाकेटीहरुलाई पढाउने काम गर्छिन्। नूपुरलाई अर्का एक आरोपी मोहकले ड्र,ग्स दिएका थिए। नूपुर सारिका ड्र,ग्सलाई स्यानीटरी प्याडमा लुकाएर क्रुुजमा पुगेकी थिइन्। एनसीबीले उनको साथबाट पनि ड्र,ग्स बरामद गरेको छ।

पक्राउ पर्नेमा अर्की एक युवती पनि रहेकी छिन् मुनमुन धमेचा। उनी मध्यप्रदेशको सागर जिल्लाको भए पनि दिल्लीमा बस्दै आएकी थिइन्। उनी ६ वर्षपहिले आफ्नो दाईसँग दिल्ली गएकी थिइन्। मुनमुन एक मोडल भएको खुलासा भएको छ।

शाहरुखका छोरा आर्यनको मोबाइलमा पनि केही आपत्तिजनक क्लु भेटिएको एनसीबीको दाबी छ।

काठमाडौ । सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने पहिलो नेपाली पाइलट म्याग्दी बेनीका सोबित गौचन । बत्तीस वर्षीय गौचनले २०७८ वैशाख २८ गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।

निकुञ्ज संरक्षणमा मध्यवर्ती क्षेत्र प्रभावकारी-चितवन – पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्ज संरक्षणमा मध्यवर्ती क्षेत्र प्रभावकारी बनेको छ । चोरी शिकारको प्रवेश विन्दु मानिने मध्यवर्तीका बासिन्दा निकुञ्ज संरक्षणमा जुट्दै आएका छन् । पच्चीस वर्षअघि सरकारले नियमावली बनाएर मध्यवर्तीको घोषणा गरेको हो । यससँगै स्थानीयवासीको जीवनस्तर उकास्न राज्यले सहयोग गर्दै आएको छ भने स्थानीय संरक्षणमा जुटेका छन् ।

विसं २०५३ मङ्सिर १७ गते ‘मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमानवली’ राजपत्रमा प्रकाशित भएसँगै मध्यवर्तीको अवधारणा अघि बढेको हो । सोही नियमावली अनुसार मध्यवर्ती क्षेत्र व्यवस्थापन परिषद् गठन गरिएको हो । पछि परिषद्लाई समिति बनाइएको छ । निकुञ्ज आसपास रहेका चार जिल्लाका एक महानगरपालिका, आठ नगरपालिका र तीन गाउँपालिकाका भू–भाग मध्यवर्ती क्षेत्रमा पर्दछन् । मध्यवर्तीमा चितवन, मकवानपुर, नवलपरासी (त्रिवेणी सुस्ता पूर्व) र पर्सा जिल्लाका पालिकाका भूभाग पर्दछन् । तीन लाखभन्दा बढी जनसङ्ख्या भएको मध्यवर्ती क्षेत्र ७२८.३९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

निकुञ्जमा उठेको राजस्वको ३० देखि ५० प्रतिशत मध्यवर्ती क्षेत्रमा पठाइने गरिन्छ । आर्थिक वर्ष २०५४÷५५ देखि हालसम्म रु एक अर्ब नौ करोड ७६ लाख ८७ हजार ८८४ मध्यवर्ती क्षेत्रमा आइसकेको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार प्राप्त रकमलाई मध्यवर्तीले पाँच क्षेत्रमा लगानी गर्दछन् । कूल रकमको ३० प्रतिशत सामुदायिक विकास, ३० प्रतिशत संरक्षण कार्य, २० प्रतिशत आयआर्जन, सीप विकास, १० प्रतिशत संरक्षण शिक्षा र १० प्रतिशत प्रशासनिक खर्च गरिँदै आएको छ । जसका कारण मध्यवर्ती क्षेत्रमा संरक्षणका कामसँगै विकास निर्माणका काम हुँदै आएका छन् । यसले निकुञ्ज र जनताबीचको द्वन्द्व न्यूनीकरण गर्न सहयोग पुगेको छ ।
मध्यवर्तीमा २१ उपभोक्ता समिति र एउटा उपसमिति छन् । ती समितिभित्र एक हजार ७८४ समूह रहेको सूचना अधिकारीले जानकारी दिनुभयो । ती समूहमार्फत् संरक्षण कार्यहुँदै आएको छ ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका संस्थापक अध्यक्ष केशव देवकोटा निकुञ्ज र जनताको बीचमा सम्बन्ध सुदृढ गर्दै संरक्षणमा उपभोक्ता समिति प्रभावकारी भएको बताउनुहुन्छ । तत्कालीन समयमा मध्यवर्तीका बासिन्दा र निकुञ्ज कर्मचारीकाबीचमा ठूलो खाडल भए पनि क्रमशः यो मेटिदै गएर अहिलेसँगै संरक्षणमा जुटेको उहाँले जानकारीदिनुभया । तत्कालीन समयमा मध्यवर्तीका बासिन्दाले वन पैदावर हक र अधिकारको रुपमा लिने गरेको स्मरण गर्दै उहाँले यसबाटै द्वन्द्व सिर्जना भएकोमा अहिले सबै हटेर गएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले मध्यवर्तीका बासिन्दा निकुञ्ज हाम्रो हो, संरक्षण गर्नुपर्छ भन्ने अवस्थामा पुगेका छन् ।”

समितिका अध्यक्ष प्रकाश ढुङ्गाना जनताको सहभागिताबिना संरक्षण सम्भव नहुने बताउनुहुन्छ । कतिपय विषयमा अहिले पनि द्वन्द्व रहेको जनाउँदै उहाँले पशुधन र बालीनालीको राहात बढाएर सहजीकरण गर्नुपर्नेमा जोड दिनुहुन्छ । उ


Last Updated on: October 5th, 2021 at 5:25 pm
२८० पटक हेरिएको

तपाईको प्रतिक्रिया