बुधबार १० कार्तिक २०७८

सुन लुकाएको आरोपमा जसको ह’ त्या भयो उसैको आमा र श्रीमतीको नाक कान बुच्चै, ४ वर्ष पछि पाए न्याय

काठमाडौ । जसलाई ३३ किलो सुन लुकाएको आरोप लगाइयो उनका आमा र श्रीमतीको नाक कान बुच्चै छ । उनीहरुले नाक कानमा गहना समेत लगाएका छैनन् । सुन लुकाएको आरोपमा गोरेले सनमको ज्यान लिएको थियो । उनै सनमको आमा हुन् कल्पना । छोराको घटना पछि न्यायको पर्खाइमा बसेकी कल्पनाले मंगलवार अदालतले दिएको आदेशपछि थोरै भएपनि सन्तोषको सास फेरेकी छन् ।

मंगलबारको जिल्ला अदालत मोरङको आदेशले ३३ किलो सुन प्रकरण मु द्दामा प्रतिवादीमध्येका मुख्य अभियुक्त मोरङ, उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनामाथि जन्म कै दको फैसला सुनाएको छ ।

कल्पना ३३ किलो सुन त स्क री घटनामा ज्यान लिइएका सनम शाक्यकी आमा हुन् । सुन गायब गरिदिएको भनेर या त ना दिएर सनमको ह’ त्या भयो । तर, न सनमकी आमा कल्पनाले सुनका गहना लगाएकी छन् न उनकी श्रीमती सुनिताले नै ।

सोही फैसलाले कल्पना र उनको परिवारलाई अलिकति भएपनि खुसी दिएको हो । “छोरा गुमाउनुको पी डाको भर्पाइ त केहीले पनि हुँदैन नि,” कल्पनाले भनिन्, “हामी न्याय पर्खिएर बसेकका थियौँ । चार वर्षसम्म आँसुको आहालमा डु बे र बसेका थियौँ । अदालतले आज न्याय दिलाइदियो ।”

प्रहरी प्रशासनले देखाएको तदारुकता र आदलतले दिएको न्यायले आफूहरूलाई थोरै भएपनि सन्तोष मिलेको श्रीमती सुनिताले पनि बताइन् । मैले जन्म कै द होस् भन्ने कामना गरेकी थिएँ अदालतले गरिदियो श्रीमानको भर्पाइ त हुन सक्दैन तर फैसलाले खुसी छौँ ।”

गोरेले सनमलाई सुनझोडाको जंगलमा तीन दिनसम्म या त ना दिएर राखेका थिए । पछि करेन्ट लगाएर उनको ह’ त्या भएको थियो ।

बेनी सम्पर्कविहीन भएकोे ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनःमिलन भएको छ । घरबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ वर्षीय गङ्गाबहादुर गुरुङ ९जङ्गबहादुर भनिने०को मङ्गलबारमात्रै आफन्तसँग भेट भएको हो ।

विसं २००३ मा जन्मिनुभएका गुरुङ सम्पर्कविहीन भएको करिब चार वर्षपछि कैलालीको चुरे गाउँपालिका–३ मस्यगाउँमा पुग्नुभएको खबर त्यतिबेला परिवारले पाएका थिए । त्यसपछि पनि उहाँ परिवारको सम्पर्कमा आउनुभएन । हालैमात्र स्थानीय युवाले सामाजिक सञ्जालमा गुरुङको तस्वीर राखेका र उहाँले बागलुङ, बेनी, तातोपानीको नाम लिएको जानकारी गराएका थिए । आफ्नो पुख्र्यौली थलो बेनी भएको र आफू त्यहाँ फर्कन चाहेको सन्देश राखेपछि नेपाल रेडक्रस सोसाइटी म्याग्दीले गुरुङको खोजी सुरु गरेको थियो ।

रेडक्रसअन्तर्गत रहेको खोज तथा उद्धार सेवा केन्द्रले गुरुङको अवस्था र जिल्लामा सम्भावित आफन्तबारे खोजी गरेको थियो । खोजीका क्रममा थामडाँडाबाट वर्षौँदेखि आफन्त हराएका परिवार सम्पर्कमा आएपछि गुरुङ र उहाँका आफन्तबीच टेलिफोनमा संवाद गराइएको थियो । आफन्तले झण्डै ६० वटा प्रश्नमार्फत आफन्तको नाम, तत्कालीन गाउँको अवस्था आदिबारे सोधेका प्रश्नमा उहाँले दिनुभएको जवाफले उहाँको यकिन गरेका थिए ।

कैलालीमा स्थानीय प्रतिष्ठित एक व्यक्तिको सहारामा बसोबास गर्दै आउनुभएका गुरुङ थामडाँडाका बलवीर गुरुङका हराएका माइला छोरा रहेको पुष्टि भएपछि रेडक्रस म्याग्दीको समन्वयमा उहाँका भाइका परिवारसँग मङ्गलबार पुनःमिलन भएको छ । गुरुङका भाइका छोरा शेरबहादुर र छोरी विसु गुरुङले रेडक्रस म्याग्दीको समन्वयमा कैलाली पुगेर आफ्ना माइला बुबालाई उद्धार गरी ल्याएका हुन् ।

रेडक्रस म्याग्दीका सभापति लेखबहादुर हमाल र अधिकृत धनञ्जयकुमार श्रेष्ठसहित रेडक्रसकर्मीको उपस्थितिमा गुरुङको पारिवारिक पुनःमिलन गराइएको थियो । ‘‘पचास वर्षभन्दा बढी समयदेखि परिवारबाट हराएका व्यक्तिलाई आफन्तको जिम्मा लगाइएको छ”, रेडक्रस म्याग्दीका सभापति हमालले भन्नुभयोे ।

साउन अन्तिम साता पूर्णानन्द पाण्डेले सामाजिक सञ्जालमा राखेको सन्देशका आधारमा खोजी गर्दै जाँदा असोज तेस्रो साता पारिवारिक पुनःमिलन भएको रेडक्रसले जनाएको छ । विभिन्न कारणले हराएका व्यक्तिको खोजी गर्ने काम रेडक्रसले गर्दै आए पनि विरलै यस्तो प्रकारको पुनःमिलन सम्भव हुने गरेको रेडक्रस म्याग्दीका शाखा अधिकृत श्रेष्ठले बताउनुभयो ।

घरबाट हराएपछि भाँैतारिएका गुरुङ तत्कालीन समयमा अत्तरियादेखि डडेल्धुराको महेन्द्र राजमार्गमा काम गर्दागर्दै ठेकेदारले पारिश्रमिक नदिएपछि पैदलै हिँडेर कैलालीको मस्यगाउँमा पुगेको गुरुङले बताउनुभयो । त्यहाँ पुगेपछि स्थानीयवासीसँग घुलमिल हुँदै स्थानीय एक जमिनदारको घरमा आश्रय लिएर जीविकोपार्जन गर्दै आउनुभएका उहाँले माछा मार्ने पेशा अँगाल्नुभएको थियो । उहाँलाई लिन पुगेका आफन्तलाई गाउँलेहरुले भव्य सम्मानसहित बिदाइ गरेका थिए ।

प्रतिकृया दिनुहोस

 


Last Updated on: October 6th, 2021 at 2:26 pm
२३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया