आइतबार ३१ आश्विन २०७८

काठमाडौंको अनामनगर स्थित सिंहदरबार पूर्वी गेटसँगै रोकेर राखेको टिपरमा स्कुटर ठोक्किएर दुर्घटना भएको छ । मंगलबार राति प्रदेश–३–०१–००६ख ०७९७ नम्बरको टिपरमा बा.२ ब ७५८९ नम्बरको स्कुटर ठोक्किएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका स्कुटर चालक सन्देश बुढाथोकीको उपचारको क्रममा सिभिल हस्पिटलमा मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाका एसपी संजिव शर्माले रातोपाटीलाई बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सुर्खेत घर भएका २९ वर्षीय सन्देश सामाखुसी बस्दै आएका थिए ।
सिंहदरबारभित्र निर्माणाधीन संसद भवनको निर्माण सामग्री लोड भएको टिपरमा बुढाथोकीले चलाएको स्कुटर ठोक्किएको थियो । टिपर चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ

पश्चिम तराई र पहाडवाट वैदेशिक रोजगारीका लागि भारत जाने चलन छ । वर्षभरी दुख गरेर चाडपर्व मनाउन केही रकम जम्मा गरेर घर फर्कन लागेका धेरै नेपाली सिमामा लु टिने गरेका छन् । अहिले भारतीय सिमानामा घर फर्कने नेपालीहरुको ठूलो भिड छ । दसैं तिहार मान्न केही पैसा कमाएर घर फर्किएका धेरै नेपालीले निकै सास्ती भोग्नुपर्छ । ५ महिनाअगाडि भारत गएर नेपाल फर्कन लागेका कैलालीको धनगढी उपमहानगरपालिकाका दीपक जोशी भारतको हिमाञ्चलमा स्याउ टिप्ने काम गरेर दसै मान्न घर फर्कन लागेका थिए ।

घर आउने बस कुर्न बसेको बेलामा उनको सबै पैसा लु टिएको छ । गत शुक्रबार दसैँ मनाउन भनेर दीपकसँगै १९ जना नेपाली घर फर्किँदै थिए। त्यही क्रममा उनीहरु भारतमै लु टिए । ‘कमाएको सबै पैसा लु ट्यो, अहिले बेखर्ची भएर घर पुगेका छौँ उनले भने । दीपकसँग घर फर्किरहेका ३ जनाको गरेर १ लाख ३० हजारभन्दा बढी रुपैयाँ लु टिएको हो। कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट अहिले दैनिक दुई हजार बढी नेपाली स्वदेश फर्किरहेका छन्।

केही दिन अगाडि सीमावर्ती सहर बनबासामा सुर्खेत र रुकुमका तीन युवकलाई पनि यस्तै भएको थियो । भारतको अल्मोडाबाट उनीहरुसँगै एउटै गाडीमा आएका कैलालीका एक नागरिकले उनीहरुको साथमा रहेको ५० हजार रकम लु टेका थिए।


Last Updated on: October 6th, 2021 at 4:44 pm
७० पटक हेरिएको

तपाईको प्रतिक्रिया