मंगलबार १४ मंसिर २०७८

काठमाडौं । नेपाली सेनाले दशैंको समयमा निःशुल्क यातायात सुविधा दिने भएको छ ।

दशैंमा बिदामा जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा उनीहरुका परिवारहरुलाई नेपाली सेनाले सहुलियत यातायात सुविधा प्रदान गर्ने भएको हो । नेपाली सेनाका अनुसार असोज १८ गतेबाट शुरु भएको निशुल्क यातायात सेवा असोज ३० गतेसम्म सेवा जारी रहनेछ ।

सेनाका अनुसार सडक सञ्जालको सहज पहुँच हुने अवस्थामा सडकबाटोबाट र हिमाली तथा दुर्गम सडक सञ्जाल नभएका क्षेत्रहरुमा हवाई मार्गबाट सेवा दिने भएको हो । सडक यातायातबाट ५२० जना र हवाई उडानबाट ८६ जनाले अहिलेसम्म यो सेवा पाएका छन् ।

 


Last Updated on: October 6th, 2021 at 5:54 pm
१०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया