मंगलबार ०३ जेठ २०७९

काठमाडौं । खुकुरी प्र,हारबाट एक जनाको ह,त्या भएको छ । गएराती रुपन्देहीको शुद्धोधन–३ बेतानीमा प्लाई उद्योगमा काम गर्ने पश्चिम नवलपरासीको सुस्ता– ३ का अवदेश चमारको ह,त्या भएको हो ।

सोही उद्योगमा काम गर्ने भारतीय मजदुर रवि सिंहले खुकुरी प्र,हार गरी चमारको ह,त्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मादक पदार्थ से,वन गरेका मजदुरहरु बिच वि,वाद भएको र खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

रविले अवदेशलाई खुकुरी प्र,हार गरेपछि उनका बाबु गोपिचन्दलाई समेत प्र,हार गरेका थिए । खुकुरी प्र,हारपछि अस्पताल लैजाने क्रममा अवदेशको बाटोमै मृ,त्यु भएको र उनका बाबु र खुकुरी प्र,हार गर्ने रविको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि;

बैतडीको दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय विजय भाटको ह,त्या आरोपमा प्रहरीले दुई जनालाई नि,यन्त्रणमा लिएको छ । सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आइतबार घरबाटै नि,यन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । गत भदौ १० गते भिरबाट ल,डेर मृ,त्यु भएको भनिएका विजयको ह,त्या भएको भन्दै किटानी जाहेरी दर्तापछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

विजयका बुबा वीरसिंह भाटले जिल्ला सरकारी वकिल कार्यालयमार्फत दशरथचन्द नगरपालिका-५ का अशोक, लक्ष्मण नाथ, राजेन्द्र नाथ र महेश नाथको नाममा कि,टानी जाहेरी दर्ता गराएका थिए । कि,टानी जाहेरीपछि जिल्ला अदालतबाट अनुमति मागेर उनीहरूको नाममा प,क्राउ पूर्जी जारी गरिसकेपछि आज समातेको हो । उक्त घटनामा संलग्न रहेका लक्ष्मण र राजेन्द्र भने फ,रार रहेका र उनीहरूको खोजी जारी रहेको छ ।

युवा सङ्घ नेपाल बैतडीका सदस्यसमेत रहेका विजय गत भदौ १० गते साथीसँग गोठलापानी बजारबाट घर फर्किने बेला कलुवाडमोड भन्ने भिरबाट लडेर गम्भीर घाइते भएका बताइएको थियो । घाइते युवकको भदौ १२ गते धनगढीस्थित माया मेट्रो अस्पतालमा मृ,त्यु भएको थियो । लडेको भनिएको ठाउँमा त्यस्तो भिर नभएको र विजयसँग भएकाले पनि अलगअलग कुरा गर्न थालेपछि छोराको ह,त्या भएको मृतकका बुबा भाटको दाबी रहेको छ । प्रहरीले जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी पक्राउ परेकामथि र घटनाबारे अनुसन्धान गर्ने जनाएको छ ।

 

 

 


Last Updated on: October 6th, 2021 at 7:30 pm
७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया