मंगलबार १४ मंसिर २०७८

काठमाडौँ – सरकारले दसैँलगायत चाडपर्वमा आवत–जावतलाई सहज बनाउन बुधबारदेखि सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाडौंसम्म ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

यातायात व्यवस्था विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिनेछैन । ट्रेलरलगायतका ठूला सवारीसाधनलाई भने ३ कात्तिक ९ कोजाग्रत पूर्णिमा०सम्म रोक लगाएको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए । यसले घन्टौँ जाममा पर्ने र गन्तव्यमा ढिलो पुग्ने समस्यालाई समाधान गर्ने विभागको ठहर छ ।

तर, ढुवानी व्यवसायीहरूले भने सरकारको यो निर्णयबारे जानकारी नभएको बताएका छन् । नेपाल ट्रिपर तथा ट्रक व्यवसाय समितिका संस्थापक अध्यक्ष यादवलाल श्रेष्ठले यस विषयमा विभागले कुनै छलफल नगरेको र निर्णयको जानकारीसमेत नदिएको बताए ।

‘अहिलेदेखि नै ठूला सवारीसाधन रोक्दा निर्माण आयोजना र भवन निर्माणलगायतका काममा असर पुग्छ’ उनले भने । त्यस्तै, यात्रुवाहक सवारीसाधनलाई बिहीबार (आज)देखि देशभर कार्यान्वयन हुने गरी रुट परमिट (सडक अनुमति) नचाहिने व्यवस्था गरेको छ । यसको अर्थ यात्रुवाहक सवारीसाधन जुनसुकै ठाउँमा जान सक्नेछन् । यो व्यवस्था कोजाग्रत पूर्णिमासम्म कायम गरिएको छ ।

 


Last Updated on: October 7th, 2021 at 10:17 am
९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया