शुक्रबार ०८ आश्विन २०७८

बागलुङको काठेखोला गाउँपालिका–३, धम्जा–बेलढुङ्गा जोड्ने सडकमा फसेको जीपलाई धकेल्दै यात्रु । तस्बिर : रामबहादुर थापा/राससMay be an image of one or more people, people standing, jeep and outdoors

काठमाडौं। संसारकै सबैभन्दा महंगो २६ करोड रुपैयाँ मूल्य पर्ने औ’षधिले पनि ११ महिनाकी बालिकालाई बचाउन सकेन । यी बालिकालाई यो अत्यन्तै महंगो पर्ने औ’षधिको सुई लगाइएको थियो तर यी बालिका वेदिका शिन्देको मृ’त्यु भएको छ ।

आइतबार राती सास फेर्न समस्या भएपछि उनलाई पुणेको एक अस्पतालमा भर्ना गरिएको थियो । अबेर राती उनको मृ’त्यु भएको छ ।महाराष्ट्रको पिंपरी चिंचवाडका सौरभ शिन्देकी छोरी वे’दिकालाई स्पा’इनल मस्कु’लर एट्र’फी (एसएमए) नामको जे’नेटिक स्वास्थ्य समस्या थियो ।

उनको उपचारको लागि उनका मातापिताले क्रा’उडफण्डिङमार्फत हजारौं जनाबाट सहयोग उठाएर २६ करोड रुपैयाँ जम्मा गरेर अमेरिकाबाट जोलगेन्स्मा नामको इन्जेक्सन मगाएका थिए । यो रोगको यही अन्तिम उपचार मानिन्छ ।वेदिकालाई जुन महिनामा यो इन्जेक्सन लगाइएको थियो ।

त्यसपछि पूरै परिवार निकै खुसी थिए र वेदिकाको कहानी सामाजिक संजालमा निकै भाइरल भइरहेको थियो । तर, यो खुसी धेरै दिन टिक्न सकेन र वे’दिकाले आइतबार संसारबाट वि’दा लिइन् । वेदिकाको यसरी मृ’त्यु भएपछि परिवार र उनलाई सहयोग गर्नेहरु शो’कमा छन् । यति महंगो औ’षधि दिइसकेपछि पनि वेदिकाको मृ’त्यु कसरी भयो भन्ने विषयमा मानिसहरु प्रश्न उठाइरहेका छन् ।


Last Updated on: August 8th, 2021 at 6:33 pm
२१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया