बुधबार १० कार्तिक २०७८

सिरहाको कर्जन्हा नगरपालिकामा करेन्ट लागेर एक युवकको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा कर्जन्हा नगरपालिका ६ का २० वर्षीय अश्वनीकुमार झा रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाकाअनुसार करेन्ट लागेर झाको मृ’त्यु भएको हो ।

चापाकलमा जडान भएको मोटरमा नुहाउने क्रममा झाकी आमालाई करेन्ट लागेको थियो । आमालाई बचाउने प्रयास गर्दा अश्वनीकुमारको करेन्ट लागेर मृ’त्यु भयो । करेन्ट लागेर झाकी आमा भने गम्भीर घाइते भएकी छन् । उनको उपचार कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा भइरहेको छ । आमालाई बचाउन पुगेका छोराकै मृ’त्यु भएपछि स्थानीय शोकमा डुबेका छन् ।

 

 


Last Updated on: October 7th, 2021 at 2:18 pm
४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया