बुधबार १० कार्तिक २०७८

सुनसरी इटहरी उपमहानगरपालिकामा ट्रकको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक इनरुवा नगरपालिका–२ का २५ वर्षीय सुशान्त भट्टराई र सङ्खुवासभा चिचिला गाउँपालिका–२ का २० वर्षीय बिबिसन बिक रहेका छन् ।

बुधबार राति १६ लायन्स चौकस्थित पूर्व–पश्चिम लोकमार्गमा उक्त दुर्घटना भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । राति सवा ११ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ५६८१ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको को२०प ६७४७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

 

उक्त दुर्घटनामा गम्भीर घाइते भएका भट्टराई र विकको उपचारको लागि न्युरो अस्पताल विराटनगर लानेक्रममा बाटैमा मृत्यु प्रदेश ट्राफिक कार्यालय इटहरीका प्रवक्ता डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।

उनका अनुसार ट्रक र ट्रक चालक मकवानपुर मनहरी नगरपालिका–९ का ३१ वर्षीय अर्जुन गिरी इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेका छन् । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी तिम्सिनाले जानकारी दिए ।

 


Last Updated on: October 7th, 2021 at 3:09 pm
१०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया