मंगलबार ०३ जेठ २०७९

धनकुटाः नक्कली नोट बनाउने ६ जना पक्राउपछि सार्वजनिक गरिएको छ ।
धनकुटा प्रहरीले पक्राउपछि उनीहरुलाई सार्वजनिक गरेको हो । नक्कली नोट बनाउने कार्यमा संलग्न उनीहरूलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा धनकुटा नगरपालिका–१ हिलेका २६ वर्षीय विशाल तामाङ र २४ वर्षीय सोनम तामाङ, ताप्लेजुङको याङबरक गाउँपालिका–४ का २६ वर्षीय छितेन तामाङ, धनकुटाको महालक्ष्मी–८ का २६ वर्षीय सुमन खड्का, महालक्ष्मी–९ का वर्ष २४ का तुलसी तामाङ र २१ वर्षीय विकास तामाङ छन् । गत असोज ११ गते धनकुटाको मूलघाटबाट २८ हजार नक्कली नोटसहित प्रहरीले बिशाल तामाङ र छितेन तामाङ पक्राउ गरेपछि अनुसन्धान थालेको थियो ।
सबै नोटमा एउटै नम्बर छ । प्रहरीले अनुसन्धानको क्रममा बिशाल तामाङको घरबाट पाँच हजार, बिशालले नै मूलघाटमा फालेको दुई हजार र सोनाम तामाङको घरबाट ६५ हजार नक्कली नोट बरामत गरेको धनकुटाका प्रहरी प्रवक्ता डिएपी दीपककुमार रायले जानकारी दिए ।


Last Updated on: October 7th, 2021 at 4:56 pm
१९० पटक हेरिएको

तपाईको प्रतिक्रिया