
काठमाडौँ – अमेरिका जाने डिभी चिट्ठाको मंगलबारदेखि आवेदन खुलेको छ । सायद तपाई पनि चिट्ठा भरेरै भएपनि अमेरिका जाने सपना देख्ने मध्येमा हुनुहोला । अमेरिका नेपाल जस्ता कम विकसित मुलुकका मान्छे लागि सपनाको देश हो भन्दा पनि हुन्छ । भरखरका युवायुवतीको त कुरै छोडौं डाक्टर, पाइलट, शिक्षकदेखि सरकारी उच्च ओहदाको कर्मचारी सबैलाई डीभीले आकर्षित गर्छ नेपालमा ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
स्वदेशमा आफू र आफ्नो भूमिकालाई चट्क्कै विर्सेर डिभीको पछि लाग्नेहरुको हिसाब गर्ने हो भने ठूलै जमात बन्छ पनि । म आफैं, २ वर्षअघि यस्तै लहैलहैमा लागेर डिभी चिट्ठा भरेर अमेरिका आएको हुँ । यो छोटो अवधीमा लामा अनुभवको संगालो बटुलेको छु । यही अनुवभका केही पत्राहरू तपाइसँग बाढ्ने हुटहुटी जाग्यो ।डिभी भरेर अमेरिका आउने व्यग्र चाहना तपाईको हो भने तपाई ग्यास स्टेशनदेखि स-साना होटल,***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
किराना स्टोरदेखि उद्योगको फ्याक्ट्रीसम्म, पिज्जा बोकेर घरघरमा पुर्याउनेदेखि दिनको १२ देखि १८ घण्टाभन्दा बढी समयसम्म उभिएरै (अमेरिकाको ९० प्रतिशत काम उभिएरै गर्नुपर्ने हुन्छ) गर्नका लागि तयार हुनुहोस् ।डलरमा भएको कमाई नेपालीमा रुपान्तरण गर्दा लाखौं भएपनि त्यो पैसाले अमेरिकामा तपाईको दैनिक खर्च धान्नै मुश्किल हुन्छ । किनभने बिनाकाम तपाईको जिवन चल्दै चल्दैन । र, यति काम गरेबापत तपाईंले प्रत्येक घण्टाको हिसाबले पाउने केही डलर मात्रै हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****