शनिबार १५ माघ २०७८

काठमाडौँ। नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले कमेडी च्याम्पियन्स सिजन २ का विजेता भरतमणि पौडेलसँग भेट गरेका छन्।

हालै सम्पन्न कमेडी च्याम्पियन्स सिजन २ को विजेता बनेका ताप्लेजुंगका भारत नेता गोकुल बाँस्कोटाको क्यारिकेचर गरेपछि निकै चर्चामा आएका थिए।भरतमणिले गोकुल बाँस्कोटाको क्यारिकेचर गरेको प्रस्तुतीले सामाजिक सञ्जालमा निकै चर्चा पनि पाएको थियो।

विशेषगरी ‘हेप्नी, डिस हान्ने…. कोल्याप्स गर्दिम्’ भन्ने डाइलग अहिले पनि निकै चर्चामा रहेको छ।उक्त प्रस्तुतीमा भरतले गोकुलको ७० करोडको काण्ड पनि उठाएका थिए। यी दुई बीचको भेटमा नेता बाँस्कोटाले भरतसँग यसबारे पनि चर्चा गरेको बताइएको छ।

भरतसँगको भेटमा बाँस्कोटाले आफूलाई ७० करोडको आरोप लगाएका छन् तर आफूले त्यस्तो केहि नगरेको समेत बताएका थिए। “७० करोडको आरोप लाकाछन् अब मैले होइन भन्दा पत्याउदैनन् छानबिन गरे भैगोनी। ७० करोड भनेर आरोप लाउछन् हेर्नू त घर त यति सानो र साँघुरो छ,” बाँस्कोटाले भरतलाई भने।

७० करोडको आरोप लगाएपनि आफ्नो घर निकै साँघुरो रहेको र आफ्नो घरमा दुधको चिया त नभएको कारण कालो चिया खाएर जानु है पनि भनेको बताइएको छ।

 


Last Updated on: October 8th, 2021 at 12:17 pm
१०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया