बिहिबार ०७ आश्विन २०७८

काठमाडौं, साउन २२ । प्रधानमन्त्री शेरबहादुर देउवालाई बिश्वासको मत दिने माधव नेपाल निकट सांसदहरु मर्माह तबनेका छन । माधव समुहको केन्द्रीय कमिटी सदस्यहरुको बैठकमा उपाध्यक्ष भीम रावलसहितका एक दर्जन नेताहरुले देउवा सरकारमा नजाने निर्णय गराएपछि आधा दर्जन सांसदहरुले ‘माधवबाट गम्भीर धोका’ भएको भन्दै मर्माह तबनेका हुन ।

यसरी मर्माहत बन्नेमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा बनमन्त्री हुनुभएका तर देउवालाई बिश्वासको मत दिने प्रेम आले र तनहुँका साँसद किसान श्रेष्ठ हुनुभएको छ । आले र श्रेष्ठ दुवै मन्त्री पक्का गराएर कित्ता परिवर्तन गरी माधव नेपालको पक्षमा जानुभएको थियो ।
देउवा सरकारमा मन्त्री बनाउने प्रतिवद्धता गरेरै माधवले आफूहरुलाई ल्याएको बताउने दुवै नेता देउवा सरकारमा सहभागी नहुने निर्णय भएपछि धोका भएको भन्दै हिडनुभएको एक नेताले जनताटाइम्सलाई बताए । ती नेताका अनुसार आलेले बैठकमै सरकारमा जानुपर्ने बताउनु भएको थियो भने श्रेष्ठ निर्णय गराउने भन्दै केन्द्रीय सदस्य नभए पनि बैठक स्थलमा जानुभएको थियो । तर अखिलफोर्सको दस्ताले भित्र जानै नदिएर फिर्ता पठाइ दिएको छ ।

माधव समुहको यो निर्णयले मेटमणि चौधरी, रामकुमारी झाँक्री, डा. बिजय पौडेल पनि मर्माहत हुनुभएको छ । डा. पौडेल सांसद नभए पनि मन्त्री भएर ६ महिना झण्डा हल्लाउने लालचमा सुरुदेखि नै सरकारमा जानुपर्ने र एमालेमा फर्कनै नहुने अडानमा हुनुहुन्थ्यो । उहाँ कतिपय सत्तारुढ गठबन्धनको बैठकमा माधव समुहको प्रतिनिधित्व गर्दै जानुभएको थियो । उहाँहरु सवै देउवा सरकारको मन्त्री बन्ने भन्दै दौरा सुरुवाल र सारी चोलो किनेर बस्नुभएको थियो । मेटमणि, र झाँँक्रीले पनि बैठकमा सरकारमा जानुपर्ने एमालेमा फर्कन नहुने अडान राख्नुभएको थियो । तर भीम रावल, अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहोरा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट, भीम आचार्य, रघुजी पन्तसहितका नेताहरुले देउवा सरकारमा जाने जस्तो उल्लु र गद्धारीपुर्ण काम नगर्ने अडान लिएपछि माधव सरकारमा जाने निर्णयबाट ब्याक हुनुभएको थियो ।

माधव ब्याक भएपछि गम्भीर धोका भएको ती सांसदहरुले बताउनु भएको हो । माधव समुहको बैठकलगत्तै आले र श्रेष्ठले माधवले धोका दिएर आफूहरुलाई बर्वाद बनाइ दिएको गुनासो गर्नुभएको छ । आज सम्पन्न बैठकमा माधवले एमालेले अनुमोदन गरिसकेको १० बुँदे सहमति स्वीकार गर्दै देउवा सरकारमा नजाने निर्णयमा सहमति जनाउनु भएको थियो । नेता नेपालले कार्यदलका संयोजक भीम रावलसहित एकताको पक्षमा उभिनुभएका नेताहरुलाई ठेगान लगाउन केन्द्रीय सदस्यहरुको बैठक बोलाउनु भएको थियो । तर रावलसहितका एकता पक्षधर नेताहरुले सरकारमा जान खुट्टा उचालेर बसेका सवैलाई ठेगान लगाइ दिएको बुझाई आले र किसानहरुको छ ।

 


Last Updated on: August 9th, 2021 at 1:18 pm
३१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया