बुधबार १० कार्तिक २०७८

सिन्धुली । सोमवारको बिहानपख ४ बजे एसपी गोविन्द थपलियाको मोवाइल बज्यो । फोन प्रहरी प्रधान कार्यालयका एसएसपी टेकप्रसाद राईको थियो ।

एसएसपी राईले ‘सिन्धुलीको मुलकोटमा एक युवती झाडीमा लुकेर बसेको सूचना आयो । तत्काल उद्दार गर्ने व्यवस्था मिलाउनुपर्यो’ भने । संयोगले एसपी गोविन्दसहित सिन्धुलीका सिडियो सुरेश न्यौपाने खुर्कोटमै बास बसेका थिए ।

एसपी थपलिया स्वयम तत्काल मुलकोटतर्फ लागे । बिहानको झिसमिसे थियो । उनले ती युवतीलाई बारम्बार फोन गरे । उठाएनन् । त्यसपछि उनले आफू एसपी भएको मेसेज पठाए । अनि फोन गरे । ती युवतीले सानो स्वरमा बोल्दै आफू लुकेको ठाउँको लोकेशन बताइन् ।

ती युवती मुलकोटस्थित बास बसेको होटलभन्दा एक किलोमिटर टाढा गएर लुकेर बसेको अवस्थामा प्रहरीले फेला पार्यो । प्रहरीले भेट्दा ती युवती अत्यन्त डराएको अवस्थामा थिइन् ।

प्रहरीले फेला पारेपछि उनको यो अवस्था आउनुका कारणबारे प्रहरीले बुझ्ने काम गरे । तत्काल प्रहरीलाई आफूलाई ब लात्का र गर्न खोजेपछि जोगिएर भागेर लुकेको जानकारी दिइन् । प्रहरीले ती युवतीलाई गाडीमा राखेर उनी बास बसेको होटल पुगिन् । त्यसबेलासम्म सो होटलमा ती युवतीसँगै बास बसेका गाडी चालक गाडी लिएर भागिसकेका थिए ।

उनीहरु खोटाङबाट आएर सिन्धुलीको मुलकोटस्थित होटलमा बास बसेका थिए । १८ वर्षीया ती युवती र चालक एउटै कोठामा बसेका थिए । ब लात्का रको प्रयास गरेपछि युवती ती युवालाई झुक्याएर भाग्न सफल भएको प्रहरीलाई बताएका छन् ।

ती युवती खोटाङ नागरिकता बनाउन गएका थिए । नागरिकता बनाइसकेपछि उनका हजुरबुवा गाउँको घरतिर लागे भने ती युवती भने काठमाडौं जानका लागि भनेर बसपार्क पुगिन् ।

सबै गाडी छुटिसकेको भन्दै काउन्टरबाट एउटा सुमोमा जान टिकट दिए । उनी सोही गाडीमा चढिन् । गाडी मुलकोट पुगेपछि ‘राति भयो, अब पुलिसले काठमाडौंतिर जान दिँदैन, यही बसौं’ भने । उनीहरु मुलकोटमै बास बसे । बास बसेको होटलमा ती युवतीमाथि ती चालकले ब लात्का रको प्रयास गरेको ती युवतीको भनाइ उद्दृत गर्दै प्रहरीले बताएको छ ।

त्यसपछि झुक्याएर ती युवती एक किलोमिटर टाढा झाडीमा पुगेर लुकेर बसेकी थिइन् ।

ती युवतीले गाडी नम्बर पनि बताउन सकिनन् । प्रहरीले गाडी पत्ता लगायो । गाडी नियन्त्रणमा पनि लिइसकेको छ । तर, गाडी साउले तत्काल ड्राइभर परिवर्तन गरेको देखिएको छ । चालक को थिए भन्ने पनि प्रहरीले पत्ता लगाइसकेको छ ।

एसपी थपलियाले भने, ‘ब लात्कृ त हुनबाट जोगिएर भागेर लुकेर बसेकी युवतीलाई झाडीबाट राति नै उद्दार गरियो, गाडी नियन्त्रणमा आइसकेको छ । अब ती चालकको खोजी गरिरहेका छौं ।’-नागरिक खबर

भक्तपुर– उमेरले सात दशक नाघेकी कृष्णमाया प्रजापतिको दैनिकी बिहान पाँच बजेदेखि नै सुरु हुन्छ । उनको अनुहारका छालामा स्पष्ट चाउरिएको धर्साधर्सा देखिन्छ । शरीरले बुर्ढौली संकेत गरे पनि उनको जोश र जाँगरमा कुनै कमि देखिदैँन । भन्छिन, ‘बिहान ५ बजेदेखि नै मेरो दैनिकी सुरु हुन्छ । अनि राति ९ बजेसम्म उस्तै । शरीरले आरामा कुन बेला पाउने टुंगो छैन ।’

प्रजापति भक्तपुर नगरपालिकाको पोटरी स्क्वायरमा माटोको भाँडा बनाउने काम गर्छिन् । १५ वर्षको उमेरदेखि नै सुरु गरेका उनले सो पेसामा करिब पाँच दशकको समय व्यतित गरिसकेकी छिन् । समय परिवर्तन भए । संस्कृति मान्ने तरिका परिवर्तन भए । तर, उनको जीवनशैलीमा भने कुनै परिवर्तन दैखिँदैन ।

‘हरेक दिन बिहान ५ बजे उठेर राति ९ बजेसम्ममा घरको काम सकाउँछु । अनि खाना बस्छु,’ उनी भन्छिन्, ‘हाम्रो काम भाँडा सुकाउने, रंङ लगाउने, भित्र राख्ने अनि भाँडाको बनावट मिलाउने हो ।’

मौसम अनुसार भाँडा सुकाउने नसुकाउने निर्धारण हुने उनी बताउँछिन् । ‘घाम लागे भाँडाकुडा सुकाउने र नलागे यतिकै राख्छौँ ,’ उनले भनिन्, ’पानी पर्‍यो भने भाँडा भित्र्याउन पनि भ्याइँदैन । पानीबाट बचाउन नसके भाँडा बिग्रिहाल्छ ।’

दशैँतिहार लगायत चाडपर्व नजिक आउन थालेसँगै काम गर्न भ्याइनभ्याइ हुने उनी सुनाउछिन् । ‘दशैँतिहारका बेला काम अलि बढी हुन्छ । अर्डर धेरै आउँछ । अर्डर पूरा गर्नको लागि भए पनि सधैँ काम गर्नुपर्छ,’ उनले सुनाइन् ।

उनीसँगै परिवारका चारजना सदस्य माटाको भाँडा बनाउन व्यस्त हुन्छन् । केटा मान्छे माटो मुछ्ने, पेल्ने, भाँडा बनाउने लगायतको काम गर्ने र केटी मान्छे बनाएका ती भाँडाको आकार मिलाउने, सुकाउने, रंङ लगाउने उनी बताउँछिन् ।

आफ्नो पुख्र्यौली पेसा भनेको माटोका भाँडा बनाउने र मुलुकको विभिन्न स्थानमा बिक्री गर्ने भएकोले सानैदेखि सोही काम गर्न थालेको उनी सुनाउँछिन् । ‘बरु पहिला पहिला दशैँमा मात्र ७ सय वटाभन्दा बढी भाँडाकुडा बेच्ने गरेका थियौँ । तर, अहिले मुस्किलले दुई सयवटा विक्री हुन्छ,’ उनी भन्छिन्, ’दशैँमा जमरा हाल्न, भगवानलाई जलपानी चढाउन, जाँड राख्न, बत्ती दिन माटाको भाँडा अनिवार्य थियो । तर, अहिले प्लास्टिकको भाँडा वा अन्य भाँडाको प्रयोग बढेको छ । त्यसैले हाम्रो सामान धेरै बिक्री हुन्न ।’

हिजोआज भाँडा बनाउने कालोमाटो भेटाउनसमेत समस्या रहेको गुनासो प्रजापति समुदायको छ । ’पहिलेपहिले सूर्यविनायकबाट माटो ल्याउँथ्यौँ । जग्गा सम्याउने र इँटाभटाले गर्दा कालोमाटी नै पाइदैँन,’ स्थानीय कृष्णचन्द्र प्रजापतिले भने, ’सानो गाडीमा ९ हजार रुपैँया तिरेर ल्याउनुपर्छ । त्यो पनि माटो पाउनै गाह्रो ।’

भक्तपुरमा उत्पादन भएका माटाका भाँडा उपत्यकालगायत मुलुकका विभिन्न जिल्लामा र विदेशमा समेत बिक्री हुने उनीहरू बताउँछन् । पहिले दुई सय परिवारले माटोका भाँडा बनाउने सो क्षेत्रमा भूकम्प गएपछि हाल एक सय ५० वटा परिवारले मात्रै काम गर्दै आएका छन् ।

भूकम्प गएपछि त्यहाँका स्थानीय लिवाली, सूर्यविनायक, खरिपाटी, देकोचा लगायत विभिन्न स्थानमा बसाई सरी सो पेशा गर्दै आएका छन् ।

 

 

 


Last Updated on: October 13th, 2021 at 11:43 am
९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया