सोमबार ०४ आश्विन २०७८

दाङमा खोलाले बगाउँदा आमा छोराको मृ’त्यु भएको छ ।

सोमबार दिउँसो २ बजेको समयमा ग्वार खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ सिम्लेनी निवासी ३५ बर्षीया अम्रीता घर्ती र उनका छोरा २ बर्षीय रुद्र घर्तीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्ष मुकुन्द रिजालले बताए ।

सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनी घाट तर्ने क्रममा खोलाले बगाएर आमा छोराको मृ’त्यु भएको हो । उनीहरुको शव बगाएको स्थान देखि २ किलो मिटर तल भेटिएको प्रहरीले बताएको छ ।

पातुखोलामा अर्का एकजना मृत भेटिए

यसैबीच तुलसीपुरको पातुखोलामा एक पुरुष मृत फेला परेको प्रहरीले बताएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर ८ टिकरीका ४५ बर्षिय चुलुवा चौधरी पातुखोलामा मृत फेला परेका हुन् ।

घर नजिकै पातुखोलामा गएराती नुहाउन जानु भएका चौधरीको राती नै शव फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार चौधरीले नुहाउने क्रममा पातुखोलामा आएको बाढिले बगाएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक चौधरीको शवलाई पोष्टमाटम पछि आफन्तीले बुझिलिएको उनले जानकारी दिए ।

घटनाको बारे आबश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।


Last Updated on: August 9th, 2021 at 5:35 pm
२८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया