आइतबार ३१ आश्विन २०७८

अष्टमी सुरु हुने राती बुवाले आफ्नै छोराको हxत्या गरेका छन् । सल्यान बनगाड कुपिण्डे नगरपालिका–१० माझकाडामा ५५ वर्षीय बुवा निमबहादुर कुँवरले आफ्नै छोरा ३३ वर्षीय रुपलाल कुँवरको हxत्या गरेका हुन् ।

 

दसैंमा काट्ने खसीको विषयलाई लिएर सामान्य घरायसी विवाद हुँदा करिब राति १० बजे तिर घरेलु हतियार हँसियाको प्रयोग गरेर छोराको हxत्या गरेको प्रहरीले जनाएको छ ।

यस्तै, रोल्पामा भाइले दाइको घाँटी रेटी हत्या गरेका छन् । रोल्पा नगरपालिका–६ दार्बिट निवासी ४८ वर्षीय अमराज बुढाले आफ्नै दाइ ५६ वर्षीय पूर्णबहादुरको घाँxटी रेxटी हxत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।

“हत्या भएको ठाउँलाई सुरक्षित राखेका थियौँ, नेपालगञ्जबाट तालिम प्राप्त कुकुरले आफ्नो सही ट्र्याक नछोडी सर्कल बनाएर हxत्या गर्ने व्यक्तिको घरभित्र छिरेर पत्ता लगायो”, सुवेदीले भने । उनका अनुसार अमराज आफैँले पनि हत्या गरेको स्वीकारी सकेका छन् । प्रनाउ सुवेदीले भने, “राति एक्लै सुतिरहेको कोठामै पुगी आफ्नै कान्छो भाइले दाइको हxत्या गरेको प्रहरी जानकारी दिएको छ ।”

पारिवारिक विवादका कारण हत्या गरेकोे बताइएको छ । कर्तव्य ज्यान मुद्दा शीर्षकमा हत्या अभियोगमा अनुसन्धान गरी प्रक्रिया अगाडि बढ्ने प्रनाउ सुवेदीले बताए । मृxतxक जालझेल गर्ने खालको नभएर इमान्दार तथा सोझो भएकोसमेत स्थानीयवासीले बताएका छन् ।

मृxतxककी श्रीमतीको पहिले नै मृत्यु भइसकेको छ । दुई छोरा विदेश गएको र जेठो छोराको बुहारी र छोरी दाङ बस्दै आएको बताइएको छ । मृxतxक बुढाको शxवलाई रोल्पा अस्पताल रेउघामा परीक्षणका लागि लगिएको छ ।


Last Updated on: October 13th, 2021 at 12:03 pm
३२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया