आइतबार ३१ आश्विन २०७८

दुवै हात नभएका अर्घाखाचीका ४ बर्षका राजु परिवारको नि’ धन भएको छ। पहिलो स’न्तानको रुपमा राजुले ज’न्म लिएका थिए। राजुको ज’न्मनै दुइ हा’त न’भएको भयो।

उनको दुवै हा’त नभएको खबर मिडियामा पुगेपछि केहि सहयोग लगी मोहन बस्नेत पुगेको थिए । केहि समय पछि पनि केहि स’हयोग लगी काठमाडौँ उ’पचार गर्ने भनेर लिन जादा राजुको नि’ ध’नले दु’खि बनायो।

जस्तो भए पनि आफ्नो स’ न्तान हो माया त लागि हाल्छ ,गाउलेले तैले मा’ रिस भनेर मलाई आ’रो’प लगाएका छन। मैले आफ्नो स’न्तानलाई कसरि मा’ र्न

सक्छु भन्दै राजुको आमा धेरै रुन्छिन। साझ मैले तेल तताएर,मा’लिस गरेर राम्रो संग सुताएको छोरा बिहान उठ्दा नि’ ध’न भएको छ मैले कसरि मा’ र्न सक्छु।

भक्तपुर– उमेरले सात दशक नाघेकी कृष्णमाया प्रजापतिको दैनिकी बिहान पाँच बजेदेखि नै सुरु हुन्छ । उनको अनुहारका छालामा स्पष्ट चाउरिएको धर्साधर्सा देखिन्छ । शरीरले बुर्ढौली संकेत गरे पनि उनको जोश र जाँगरमा कुनै कमि देखिदैँन । भन्छिन, ‘बिहान ५ बजेदेखि नै मेरो दैनिकी सुरु हुन्छ । अनि राति ९ बजेसम्म उस्तै । शरीरले आरामा कुन बेला पाउने टुंगो छैन ।’

प्रजापति भक्तपुर नगरपालिकाको पोटरी स्क्वायरमा माटोको भाँडा बनाउने काम गर्छिन् । १५ वर्षको उमेरदेखि नै सुरु गरेका उनले सो पेसामा करिब पाँच दशकको समय व्यतित गरिसकेकी छिन् । समय परिवर्तन भए । संस्कृति मान्ने तरिका परिवर्तन भए । तर, उनको जीवनशैलीमा भने कुनै परिवर्तन दैखिँदैन ।

‘हरेक दिन बिहान ५ बजे उठेर राति ९ बजेसम्ममा घरको काम सकाउँछु । अनि खाना बस्छु,’ उनी भन्छिन्, ‘हाम्रो काम भाँडा सुकाउने, रंङ लगाउने, भित्र राख्ने अनि भाँडाको बनावट मिलाउने हो ।’

मौसम अनुसार भाँडा सुकाउने नसुकाउने निर्धारण हुने उनी बताउँछिन् । ‘घाम लागे भाँडाकुडा सुकाउने र नलागे यतिकै राख्छौँ ,’ उनले भनिन्, ’पानी पर्‍यो भने भाँडा भित्र्याउन पनि भ्याइँदैन । पानीबाट बचाउन नसके भाँडा बिग्रिहाल्छ ।’

दशैँतिहार लगायत चाडपर्व नजिक आउन थालेसँगै काम गर्न भ्याइनभ्याइ हुने उनी सुनाउछिन् । ‘दशैँतिहारका बेला काम अलि बढी हुन्छ । अर्डर धेरै आउँछ । अर्डर पूरा गर्नको लागि भए पनि सधैँ काम गर्नुपर्छ,’ उनले सुनाइन् ।

उनीसँगै परिवारका चारजना सदस्य माटाको भाँडा बनाउन व्यस्त हुन्छन् । केटा मान्छे माटो मुछ्ने, पेल्ने, भाँडा बनाउने लगायतको काम गर्ने र केटी मान्छे बनाएका ती भाँडाको आकार मिलाउने, सुकाउने, रंङ लगाउने उनी बताउँछिन् ।

आफ्नो पुख्र्यौली पेसा भनेको माटोका भाँडा बनाउने र मुलुकको विभिन्न स्थानमा बिक्री गर्ने भएकोले सानैदेखि सोही काम गर्न थालेको उनी सुनाउँछिन् । ‘बरु पहिला पहिला दशैँमा मात्र ७ सय वटाभन्दा बढी भाँडाकुडा बेच्ने गरेका थियौँ । तर, अहिले मुस्किलले दुई सयवटा विक्री हुन्छ,’ उनी भन्छिन्, ’दशैँमा जमरा हाल्न, भगवानलाई जलपानी चढाउन, जाँड राख्न, बत्ती दिन माटाको भाँडा अनिवार्य थियो । तर, अहिले प्लास्टिकको भाँडा वा अन्य भाँडाको प्रयोग बढेको छ । त्यसैले हाम्रो सामान धेरै बिक्री हुन्न ।’


Last Updated on: October 13th, 2021 at 12:52 pm
२३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया