आइतबार ३१ आश्विन २०७८

मोरगंको उर्लावारी ४ का मोहन राजवंशी १२ वर्ष साउदीमा बसेर प’सिना बगाए । उनी अव घरमै बस्ने र परिवारसंग समय विताउने योज’ननामा नेपाल फर्किए ।

विवाह भएको वर्षौ पछि वु’ढेसकालमा श्रीमती ह’रा’एपछि अहिले उनका श्रीमान रुँ’दै मिडियामा सा’र्वजनिक भएका छन् । उनले दु’खमा साथ दिएकी श्रीमती पो’इला गएकै भएपनि फर्केर आए आफुले स्वी’कार गर्ने बताएका छन् ।

एक साता अघि विदेशवाट नेपाल आएका मोहनले अहिले पनि श्रीमतीलाई फ’र्केर आउन आ’ग्रह गरेका छन् । उनीहरुका दुई छोरा र एक छोरी हुर्कीसकेका छन् । दुई छोरा मध्य एक छोरा २२ र अर्का १४ वर्षका छन्, छोरी २४ वर्षकी भइसकिन् ।

उनीहरुको वि’वाह गर्नुपर्ने वेलामा श्रीमती जि’वन परियारसंग हिडेपछि पुरुष अहिले रुँदै मिडियामा आएका छन् । जसका लागि दु’ख गर्न भन्दै विदेश गएका थिए उनै परिवारले वुढेसकालमा यस्तो धो ‘का दिए प छि उनलाई वि’ ष खा उँ की भनने लाग्छ, उनले दु’ख मनाउ गर्दै भनेका छन् ।

छोराछोरी घरमै हुँदा आमा हिडेकी हुन् । छोराछोरीले माघमा आमाको ब्यव’हार देखेर शं ‘का गरेका थिए । उनीहरुले आमालाई सोधे । एक जना साथीको बुवाले कान्छो छोरालाई बोलाएर आमाको बारेमा सुनाएका थिए ।

तेरो आमाले अर्कै पु’रुषलाई भेट्ने गरेको हामीले देखेका छौं भनेर कान्छा छोरालाई सुनाइदिए, उनले आमालाई आएर सोधे आमाले छोराछोरीको क’सम खाएर त्यस्तो होइन भनेपछि छोराछोरीलाई पनि वि’श्वास लागेको बताए ।

भक्तपुर– उमेरले सात दशक नाघेकी कृष्णमाया प्रजापतिको दैनिकी बिहान पाँच बजेदेखि नै सुरु हुन्छ । उनको अनुहारका छालामा स्पष्ट चाउरिएको धर्साधर्सा देखिन्छ । शरीरले बुर्ढौली संकेत गरे पनि उनको जोश र जाँगरमा कुनै कमि देखिदैँन । भन्छिन, ‘बिहान ५ बजेदेखि नै मेरो दैनिकी सुरु हुन्छ । अनि राति ९ बजेसम्म उस्तै । शरीरले आरामा कुन बेला पाउने टुंगो छैन ।’

प्रजापति भक्तपुर नगरपालिकाको पोटरी स्क्वायरमा माटोको भाँडा बनाउने काम गर्छिन् । १५ वर्षको उमेरदेखि नै सुरु गरेका उनले सो पेसामा करिब पाँच दशकको समय व्यतित गरिसकेकी छिन् । समय परिवर्तन भए । संस्कृति मान्ने तरिका परिवर्तन भए । तर, उनको जीवनशैलीमा भने कुनै परिवर्तन दैखिँदैन ।

‘हरेक दिन बिहान ५ बजे उठेर राति ९ बजेसम्ममा घरको काम सकाउँछु । अनि खाना बस्छु,’ उनी भन्छिन्, ‘हाम्रो काम भाँडा सुकाउने, रंङ लगाउने, भित्र राख्ने अनि भाँडाको बनावट मिलाउने हो ।’

मौसम अनुसार भाँडा सुकाउने नसुकाउने निर्धारण हुने उनी बताउँछिन् । ‘घाम लागे भाँडाकुडा सुकाउने र नलागे यतिकै राख्छौँ ,’ उनले भनिन्, ’पानी पर्‍यो भने भाँडा भित्र्याउन पनि भ्याइँदैन । पानीबाट बचाउन नसके भाँडा बिग्रिहाल्छ ।’

दशैँतिहार लगायत चाडपर्व नजिक आउन थालेसँगै काम गर्न भ्याइनभ्याइ हुने उनी सुनाउछिन् । ‘दशैँतिहारका बेला काम अलि बढी हुन्छ । अर्डर धेरै आउँछ । अर्डर पूरा गर्नको लागि भए पनि सधैँ काम गर्नुपर्छ,’ उनले सुनाइन् ।

उनीसँगै परिवारका चारजना सदस्य माटाको भाँडा बनाउन व्यस्त हुन्छन् । केटा मान्छे माटो मुछ्ने, पेल्ने, भाँडा बनाउने लगायतको काम गर्ने र केटी मान्छे बनाएका ती भाँडाको आकार मिलाउने, सुकाउने, रंङ लगाउने उनी बताउँछिन् ।

आफ्नो पुख्र्यौली पेसा भनेको माटोका भाँडा बनाउने र मुलुकको विभिन्न स्थानमा बिक्री गर्ने भएकोले सानैदेखि सोही काम गर्न थालेको उनी सुनाउँछिन् । ‘बरु पहिला पहिला दशैँमा मात्र ७ सय वटाभन्दा बढी भाँडाकुडा बेच्ने गरेका थियौँ । तर, अहिले मुस्किलले दुई सयवटा विक्री हुन्छ,’ उनी भन्छिन्, ’दशैँमा जमरा हाल्न, भगवानलाई जलपानी चढाउन, जाँड राख्न, बत्ती दिन माटाको भाँडा अनिवार्य थियो । तर, अहिले प्लास्टिकको भाँडा वा अन्य भाँडाको प्रयोग बढेको छ । त्यसैले हाम्रो सामान धेरै बिक्री हुन्न ।’

हिजोआज भाँडा बनाउने कालोमाटो भेटाउनसमेत समस्या रहेको गुनासो प्रजापति समुदायको छ । ’पहिलेपहिले सूर्यविनायकबाट माटो ल्याउँथ्यौँ । जग्गा सम्याउने र इँटाभटाले गर्दा कालोमाटी नै पाइदैँन,’ स्थानीय कृष्णचन्द्र प्रजापतिले भने, ’सानो गाडीमा ९ हजार रुपैँया तिरेर ल्याउनुपर्छ । त्यो पनि माटो पाउनै गाह्रो ।’

भक्तपुरमा उत्पादन भएका माटाका भाँडा उपत्यकालगायत मुलुकका विभिन्न जिल्लामा र विदेशमा समेत बिक्री हुने उनीहरू बताउँछन् । पहिले दुई सय परिवारले माटोका भाँडा बनाउने सो क्षेत्रमा भूकम्प गएपछि हाल एक सय ५० वटा परिवारले मात्रै काम गर्दै आएका छन् ।

भूकम्प गएपछि त्यहाँका स्थानीय लिवाली, सूर्यविनायक, खरिपाटी, देकोचा लगायत विभिन्न स्थानमा बसाई सरी सो पेशा गर्दै आएका छन् ।

 

 

 


Last Updated on: October 13th, 2021 at 1:04 pm
२६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया