आइतबार ३१ आश्विन २०७८

नोट: हामिले दसैं बहिष्कार भनेर माथी लेखिएको टाईटलको भिडियो यस समाचारको अन्त्य मा राखेका छौ । भिडियो हेर्न सिधै तल जानुहोला र पूरा भिडियो हेर्नुहोला । आखिर कस्ले गर्ला त दसै बहिस्कार ?

पूर्व राजा ज्ञानेन्द्र शाहले बडा दशैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै देशमा राजा सहितको प्रजातन्त्रको आवश्यकता भएको औंलाए पछि देशको राजनीति तरंगित भएको छ। सामान्यतया एकदमै

घुमाउरो शैलीमा राजसंस्थाको अपरिहार्यताबारे बोल्ने पूर्व राजाले यसपाली स्पष्ट रुपमा राजसंस्था पुनस्थापना अत्यावश्यक भएको संकेत गरेका हुन्। यसै बीच पूर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादीभक्तपुर– उमेरले सात दशक नाघेकी कृष्णमाया प्रजापतिको दैनिकी बिहान पाँच बजेदेखि नै सुरु हुन्छ । उनको अनुहारका छालामा स्पष्ट चाउरिएको धर्साधर्सा देखिन्छ । शरीरले बुर्ढौली संकेत गरे पनि उनको जोश र जाँगरमा कुनै कमि देखिदैँन । भन्छिन, ‘बिहान ५ बजेदेखि नै मेरो दैनिकी सुरु हुन्छ । अनि राति ९ बजेसम्म उस्तै । शरीरले आरामा कुन बेला पाउने टुंगो छैन ।’

प्रजापति भक्तपुर नगरपालिकाको पोटरी स्क्वायरमा माटोको भाँडा बनाउने काम गर्छिन् । १५ वर्षको उमेरदेखि नै सुरु गरेका उनले सो पेसामा करिब पाँच दशकको समय व्यतित गरिसकेकी छिन् । समय परिवर्तन भए । संस्कृति मान्ने तरिका परिवर्तन भए । तर, उनको जीवनशैलीमा भने कुनै परिवर्तन दैखिँदैन ।

‘हरेक दिन बिहान ५ बजे उठेर राति ९ बजेसम्ममा घरको काम सकाउँछु । अनि खाना बस्छु,’ उनी भन्छिन्, ‘हाम्रो काम भाँडा सुकाउने, रंङ लगाउने, भित्र राख्ने अनि भाँडाको बनावट मिलाउने हो ।’

मौसम अनुसार भाँडा सुकाउने नसुकाउने निर्धारण हुने उनी बताउँछिन् । ‘घाम लागे भाँडाकुडा सुकाउने र नलागे यतिकै राख्छौँ ,’ उनले भनिन्, ’पानी पर्‍यो भने भाँडा भित्र्याउन पनि भ्याइँदैन । पानीबाट बचाउन नसके भाँडा बिग्रिहाल्छ ।’

दशैँतिहार लगायत चाडपर्व नजिक आउन थालेसँगै काम गर्न भ्याइनभ्याइ हुने उनी सुनाउछिन् । ‘दशैँतिहारका बेला काम अलि बढी हुन्छ । अर्डर धेरै आउँछ । अर्डर पूरा गर्नको लागि भए पनि सधैँ काम गर्नुपर्छ,’ उनले सुनाइन् ।

उनीसँगै परिवारका चारजना सदस्य माटाको भाँडा बनाउन व्यस्त हुन्छन् । केटा मान्छे माटो मुछ्ने, पेल्ने, भाँडा बनाउने लगायतको काम गर्ने र केटी मान्छे बनाएका ती भाँडाको आकार मिलाउने, सुकाउने, रंङ लगाउने उनी बताउँछिन् ।

आफ्नो पुख्र्यौली पेसा भनेको माटोका भाँडा बनाउने र मुलुकको विभिन्न स्थानमा बिक्री गर्ने भएकोले सानैदेखि सोही काम गर्न थालेको उनी सुनाउँछिन् । ‘बरु पहिला पहिला दशैँमा मात्र ७ सय वटाभन्दा बढी भाँडाकुडा बेच्ने गरेका थियौँ । तर, अहिले मुस्किलले दुई सयवटा विक्री हुन्छ,’ उनी भन्छिन्, ’दशैँमा जमरा हाल्न, भगवानलाई जलपानी चढाउन, जाँड राख्न, बत्ती दिन माटाको भाँडा अनिवार्य थियो । तर, अहिले प्लास्टिकको भाँडा वा अन्य भाँडाको प्रयोग बढेको छ । त्यसैले हाम्रो सामान धेरै बिक्री हुन्न ।’

हिजोआज भाँडा बनाउने कालोमाटो भेटाउनसमेत समस्या रहेको गुनासो प्रजापति समुदायको छ । ’पहिलेपहिले सूर्यविनायकबाट माटो ल्याउँथ्यौँ । जग्गा सम्याउने र इँटाभटाले गर्दा कालोमाटी नै पाइदैँन,’ स्थानीय कृष्णचन्द्र प्रजापतिले भने, ’सानो गाडीमा ९ हजार रुपैँया तिरेर ल्याउनुपर्छ । त्यो पनि माटो पाउनै गाह्रो ।’

भक्तपुरमा उत्पादन भएका माटाका भाँडा उपत्यकालगायत मुलुकका विभिन्न जिल्लामा र विदेशमा समेत बिक्री हुने उनीहरू बताउँछन् । पहिले दुई सय परिवारले माटोका भाँडा बनाउने सो क्षेत्रमा भूकम्प गएपछि हाल एक सय ५० वटा परिवारले मात्रै काम गर्दै आएका छन् ।

भूकम्प गएपछि त्यहाँका स्थानीय लिवाली, सूर्यविनायक, खरिपाटी, देकोचा लगायत विभिन्न स्थानमा बसाई सरी सो पेशा गर्दै आएका छन् ।


Last Updated on: October 13th, 2021 at 1:16 pm
२६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया