
हाँस्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन्। उनले सोमबार सामाजिक सञ्जालमार्फत् आफूले विवाह गरेको जानकारी दिएका हुन्। उनले मन्जु पोखरेलसँग विवाह गरेका हुन्।पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन्। गजुरेलले चार वर्षअघि मिना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए।
‘मेरा बाबु-नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनु जरुरी थियो। यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो। बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसैक्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो। बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो। एकैखालको परिवेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं।’
मनोज र मन्जुले सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गरेको र त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह गरेका हुन्। उनीहरूले विवाहपछि कौशलटारस्थित सपरिवार मानवसेवा आश्रममा गएर बुवाआमालाई खाना खुवाएर विवाह सम्पन्न गरेको बताए।
‘सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेका छौँ,’ उनले लेखे, ‘परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद।’
चर्चीत हास्यकलाकार मनोज गजुरेलले दोस्रो विवाह गर्न लागेको खबर एक टेलिभिजन कार्यक्रमबाट सार्वजनिक गरेका थिए । उनको यस विषयलाई लिएर सामाजिक संजालमा विभिन्न किसिमका टीका-टिप्पणी समेत भइरहेका छन् ।
आजभन्दा करिब ४ वर्ष अगाडि पत्नी मीना ढकालसँग कानुनी रुपमा डिभोर्स गरेका उनले अहिले आएर विवाहको निर्णय गरेका हुन् । उनले विवाह गर्न लागेको दुलहीको बारेमा भने केही कुरा बाहिर ल्याएका छैनन् ।
दोस्रो विवाहको चर्चा चलिरहेको बेला गजुरेलले आफू पूर्वपत्नीबाट पनि पीडित भैरहेका बताएका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत एक स्टाटस पोष्ट गर्दै पूर्वपत्नीको अनावश्यक गा”ली र बे”इज्जतीबाट को सामना गरिरहेको बताए । आफ्नी पुर्व पत्नीबाट पीडित भैरहेको कुरा उनले बताएका छन ।
गजुरेलले भनेका छन ‘झन्डै ४ वर्ष अगाडि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई विदितै छ । तर कानुनी रुपमा आआफ्नो बाटो लागिसकेपछि पनि अर्काे पक्षबाट विभिन्न माध्यमबाट गा”ली बेइ”ज्जतीको क्रम रोकिएन,’ उनले अगाडि लेखेका छन् ‘एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले मौन रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अभिभावकको नाताले चुप रहेँ ।’
एक्लो जीवन बिताइरहने क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मनोजको चिनजान हुनपुग्यो । बिस्तारै उनीहरुको घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भो”गाईबाट गुज्रिएका उनीहरु अन्ततः सहयात्रा गर्ने निर्णयमा पुगेका हुन्।
गजुरेलले दोस्रो बिवाह गरेसगै उनकि पुरेव पत्नि मिनाको खोजि एकदमै तिब्र गतिमा सामाजिक संजालमा भैरहेसगै उनको बोल्ड अवतारसगै नाचेका भिडियोहरु सामाजिक संजालभरि एकदमै भाइरल छन् ।यि सबै नाचेका भिडियोहरुलाई गजुरेलको दोस्रो बिवाहसगै पुर्व पत्नि मिना खुसिले नाचेको भन्दै उक्त भिडियोहरुले संजाल तताइरहेको छ ।
हेर्नुस् भिडियो