
पछिल्लो समय विश्वमञ्जमा छोटो भिडियोको लागि निकै चर्चित एप हो टिकटक । यो बर्ष धेरै डाउनलोडा हुने एपको रुपमा फेसबुकको एकाकरलाई तोडदै एक नम्बरमा समेत पर्न सफल भएको छ ।यो एपबाट लुकेर रहेको प्रतिभाहरु बाहिर उजागार गर्दै सबै सामु चिन्न अनि चिनाउन समेत सफल भएको छ ।
पर्यटन क्षेत्र होस या अन्य क्षेत्र यसको माध्यमबाट लाखौ लाख सम्म पुग्ने भएकाले छिटै प्रचार प्रसार गर्नमा मद्दत पुगेको यसको सबल पक्ष हो भने टिकटक बनाउने नाममा कतिपयले अल्प आयुमै आफ्नो ज्या’न गु’माईरहेका छ ।
युवा पिडी होस चाहे बुडाबुडि नै किन नहोस टिकटकमा छोटो भिडियो बनाई अपलोड गरेर सवै माझ निकै भाईरल भइरहेको छ । यो एप कलाकारिता क्षेत्रमा लाग्नेको लागि भने एक अचुक औषधी नै बन्न पुगेको छ ।
टिकटक सावैको सामु भाईरल हुने नाममा मान्छेहरु यति सम्म गर्छन कि त्यो हाम्रो कल्पनाको विषय भन्दा बाहिरको विषय हो । यो एपलाई विश्वको विभिन्न देशमा बन्द गर्ने क्रम भने जारी रहेको छ । यो एप भारतमा पनि चिनसँगको विवादसँगै बन्द रहेको छ ।
यो चाईनिज एप भन्दै बन्द गरेको हो । तर टिकटक भारतमा बन्द हुनु भन्द अगिाडि भारतमा एक रोचक घटना घटेको छ । भारतको तेलंगााना खम्मम नगर निगमले कार्यलय समयमा कार्यलयको काम नगरी टिकटकमा समय विताएको भन्दै निगमको ११ कर्मचारीलाई तलब कटौती गर्नुका साथै उनीहरुको तलब नदिने तथा जागिरबाट समेत निकाली काराबाही गरेको छ ।
कार्यालय समयमा कार्यलयको काम नगरी टिकटक भिडियो बनाइरहेको बेला उनीहरुलाई पटक पटक फेला परेको थियो । त्यतिमात्रै नभएर उनीहरुले बनाएको उक्त भिडियो सोसल मिडियामा भाईरल हुनेको साथै टेलिभिजनका लागि समाचार समेत बनेको बताइएको छ ।
यसरी कार्यलय समयमा भिडियो बनाएर कार्यलयको बेइज्जत गरेको भन्दै करारमा भर्ना गरिएका ११ जना कर्मचारीलाई तलब कटौति गर्ने,सरुवा गर्ने आदेश निगम प्रमुखले दिएका थिए ।
भक्तपुर– उमेरले सात दशक नाघेकी कृष्णमाया प्रजापतिको दैनिकी बिहान पाँच बजेदेखि नै सुरु हुन्छ । उनको अनुहारका छालामा स्पष्ट चाउरिएको धर्साधर्सा देखिन्छ । शरीरले बुर्ढौली संकेत गरे पनि उनको जोश र जाँगरमा कुनै कमि देखिदैँन । भन्छिन, ‘बिहान ५ बजेदेखि नै मेरो दैनिकी सुरु हुन्छ । अनि राति ९ बजेसम्म उस्तै । शरीरले आरामा कुन बेला पाउने टुंगो छैन ।’
प्रजापति भक्तपुर नगरपालिकाको पोटरी स्क्वायरमा माटोको भाँडा बनाउने काम गर्छिन् । १५ वर्षको उमेरदेखि नै सुरु गरेका उनले सो पेसामा करिब पाँच दशकको समय व्यतित गरिसकेकी छिन् । समय परिवर्तन भए । संस्कृति मान्ने तरिका परिवर्तन भए । तर, उनको जीवनशैलीमा भने कुनै परिवर्तन दैखिँदैन ।
‘हरेक दिन बिहान ५ बजे उठेर राति ९ बजेसम्ममा घरको काम सकाउँछु । अनि खाना बस्छु,’ उनी भन्छिन्, ‘हाम्रो काम भाँडा सुकाउने, रंङ लगाउने, भित्र राख्ने अनि भाँडाको बनावट मिलाउने हो ।’
मौसम अनुसार भाँडा सुकाउने नसुकाउने निर्धारण हुने उनी बताउँछिन् । ‘घाम लागे भाँडाकुडा सुकाउने र नलागे यतिकै राख्छौँ ,’ उनले भनिन्, ’पानी पर्यो भने भाँडा भित्र्याउन पनि भ्याइँदैन । पानीबाट बचाउन नसके भाँडा बिग्रिहाल्छ ।’
दशैँतिहार लगायत चाडपर्व नजिक आउन थालेसँगै काम गर्न भ्याइनभ्याइ हुने उनी सुनाउछिन् । ‘दशैँतिहारका बेला काम अलि बढी हुन्छ । अर्डर धेरै आउँछ । अर्डर पूरा गर्नको लागि भए पनि सधैँ काम गर्नुपर्छ,’ उनले सुनाइन् ।
उनीसँगै परिवारका चारजना सदस्य माटाको भाँडा बनाउन व्यस्त हुन्छन् । केटा मान्छे माटो मुछ्ने, पेल्ने, भाँडा बनाउने लगायतको काम गर्ने र केटी मान्छे बनाएका ती भाँडाको आकार मिलाउने, सुकाउने, रंङ लगाउने उनी बताउँछिन् ।
आफ्नो पुख्र्यौली पेसा भनेको माटोका भाँडा बनाउने र मुलुकको विभिन्न स्थानमा बिक्री गर्ने भएकोले सानैदेखि सोही काम गर्न थालेको उनी सुनाउँछिन् । ‘बरु पहिला पहिला दशैँमा मात्र ७ सय वटाभन्दा बढी भाँडाकुडा बेच्ने गरेका थियौँ । तर, अहिले मुस्किलले दुई सयवटा विक्री हुन्छ,’ उनी भन्छिन्, ’दशैँमा जमरा हाल्न, भगवानलाई जलपानी चढाउन, जाँड राख्न, बत्ती दिन माटाको भाँडा अनिवार्य थियो । तर, अहिले प्लास्टिकको भाँडा वा अन्य भाँडाको प्रयोग बढेको छ । त्यसैले हाम्रो सामान धेरै बिक्री हुन्न ।’
हिजोआज भाँडा बनाउने कालोमाटो भेटाउनसमेत समस्या रहेको गुनासो प्रजापति समुदायको छ । ’पहिलेपहिले सूर्यविनायकबाट माटो ल्याउँथ्यौँ । जग्गा सम्याउने र इँटाभटाले गर्दा कालोमाटी नै पाइदैँन,’ स्थानीय कृष्णचन्द्र प्रजापतिले भने, ’सानो गाडीमा ९ हजार रुपैँया तिरेर ल्याउनुपर्छ । त्यो पनि माटो पाउनै गाह्रो ।’
भक्तपुरमा उत्पादन भएका माटाका भाँडा उपत्यकालगायत मुलुकका विभिन्न जिल्लामा र विदेशमा समेत बिक्री हुने उनीहरू बताउँछन् । पहिले दुई सय परिवारले माटोका भाँडा बनाउने सो क्षेत्रमा भूकम्प गएपछि हाल एक सय ५० वटा परिवारले मात्रै काम गर्दै आएका छन् ।
भूकम्प गएपछि त्यहाँका स्थानीय लिवाली, सूर्यविनायक, खरिपाटी, देकोचा लगायत विभिन्न स्थानमा बसाई सरी सो पेशा गर्दै आएका छन् ।