आइतबार ३१ आश्विन २०७८

कसैलाई मोबाइल चाहियो अरे
अनि कसैलाई भने ल्यापटप!
प्रदेशीको पिडा कस्ले बुझ्ने
बगेको यहाँ पसिना तपतप!!
#स्वदेश मा बस्नेलाई के थाहा प्रदेशिको पिडा, खुल्ला आकाशमुनि ५०/५५° को तापक्रममा यसरी छटपटिनु पर्दा कति पिडादायि हुन्छ भनेर

बैतडी : बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार राति गोकुलेश्वरदेखि सतंबाज आउँदै गरेको ट्याक्टर साढे १२ बजे दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ को तारलमा दुर्घटना हुँदा जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ पंसेराका २३ वर्षीय योगेश पालको मृत्यु भएको हो। मृतक योगेश नेकपा एमाले बैतडीका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा हुन्।

आफैले चलाएको ट्याक्टर दुर्घटनामा पर्दा गम्भीर घाईते भएका उनको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बोधराज ओझाले जानकारी दिए। यस्तै दुर्घटनामा परी घाइते हुनेमा सोही ठाउँका रुपेश कोली रहेका छन्। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रवक्ता ओझाले बताए। दुर्घटनाको कारण भने खुलेको छैन। मृतक पाल केही समय अगाडि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए।

पोखरा, २७ असोज – नेपालको शाहवंशीय राज्यसत्ता कास्कीबाट सुरु भएको हो । कास्कीकोट दरबारमा कुलमण्डन खाँले राज्य गरेपछि शाह वंशको सुरुआत भयो । पछि लमजुङबाट गोरखा हुँदै काठमाडौं बसाईं सरे ।

विस्तारै पुराना दरबारहरू ओझेलमा पर्दै गए । राजसंस्था रहुन्जेल कास्कीकोट, लमजुङ र गोरखा दरबार चर्चामै थिए । अहिले राज्यको पुनःसंरचना भएको छ । देशमा गणतन्त्र आयो । राजसंस्थाका अवशेषहरू पनि विस्तारै हराउँदै छन् ।

नेपालमा राजतन्त्र छँदासम्म कहिलेकाहीँ पुरानो भूमि कास्कीकोटमा दसैं मनाउन राजपरिवार आइपुग्थे । राजसंस्था नभए पनि अघिल्लो वर्ष पूर्वयुवराज पारस शाह कास्कीकोटमै क्षमापूजा गरेर फर्किए । राजा नभएपछि शक्तिपीठहरूमा राष्ट्रपति आउनुपर्ने हो, जनप्रतिनिधि पुग्नुपर्ने हो । तर अहिलेसम्म कोही पुगेका छैनन् । राज्यको प्रतिनिधिका रूपमा भारद्धाज गोत्रका ठकुरीले परम्परा धानिरहेका छन् । कास्कीकोटमा ६ जना पुजारी छन् । अधिकारी, बराल, त्रिपाठी, तिमल्सिना दुईथरी र बास्तोलाले पूजा गर्ने चलन छ । बर्कामणि, फेवाली, कोटाले र राजा साहेवकर्ता हुन्छन् ।

यो चलन अहिले पनि जीवित छ । गणतन्त्र आउनुअघिसम्म टीका, जमरा र नवमीको बलि दरबार पठाउने चलन थियो । ‘पहिले राजाको दसैं भन्ने हुन्थ्यो । नवमीको दिन बलि दिइएको बोकाको दाहिने सपेटो दरबारमा पठाउने चलन थियो । हाम्रा हजुरबुबाहरूले दरबारमै पुगेर राजालाई टीका लगाइदिने चलन पनि थियो,’ कास्कीकोट दरबारका पुजारी ठाकुरप्रसाद त्रिपाठीले भने, ‘पछि हुलाकबाट पठाउन थालियो । अब अहिले कता पठाउने ? अलमल छ । राष्ट्रपतिलाई पठाउने कि कता पठाउने ? न सरकारले ध्यान दियो, न पठाउ भनेको छ ।’ सरकारले पूजाका लागि लाग्ने खर्च नपठाएका कारण आफूहरूले पनि चासो नदिएको उनले सुनाए ।

‘हुन त राज्यले पनि हामीलाई पैसा पठाएको छैन । जाँदाजाँदा हैरान भइसक्यो । पूजा खर्च भनेर सीडीओकोमा गएको पाँच हजार दिए । संस्कार धान्न गुठियारहरूले चलाइरहनुभएको छ । नत्र परम्परा उहिलै हराइसक्थ्यो,’ उनी भन्छन्, ‘राजा नभएपछि टीका जमरा अहिले राष्ट्रपतिलाई पठाउनुपर्ने हो । त्यसो गरिएको छैन ।’


Last Updated on: October 13th, 2021 at 2:42 pm
२१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया