आइतबार ३१ आश्विन २०७८

मलेशियामा दशैँको फुलपातिकै दिन एक नेपाली कामदार,को ज्या’न गएको छ।

राजधानी क्वालालम्पुर क्षेत्रको मुन्टकिरा स्थित कोरियन बिबिक्यु रेस्टुरेन्टमा कार्यरत धिरज राई’को मृ’त्यु भ’एको हो।

संखुवासभा निबासी राई २७ बर्षे राई लामो समय देखि उक्त रेस्टुरेन्टमा कार्यरत रहदै आएका थिए भने नेपालिहरुको चाडपर्व बडा दशैँको अवसरमा फुलपाती मान्न आफ्नो दाजुको कोठामा गएका थिए।

फुलपातिको अघिल्लो दिन दाजुको कोठामा खानपिन र म दि रा (र’क्सी) से’व न गरि राती सवै सुतेका बेला न’ शा’कै ता ल’मा उनिहरु बस्ने कन्डोमिनियमको माथिल्लो तला’बाट

हा म फा’ले’र प्रा’ण त्या गे को हुन सक्ने प्रा’रम्भिक अनुमान गरिएको छ। यो घट्ना बारे मृ त क कै दाजु लाई बुझ्न सम्पर्क गर्दा फोन उठेन।

दशैँको मौकामा अत्य’धिक म ‘दि,रा से, व’न गरि हो स गु’माएकोले कन्डोमिनियम’को तला’बाट ख’सेर उन’को मृ ‘त्यु भएको हुन सक्ने साथिहरुले बताएका छ्न।

यद्यपि यो समाचार तयार पार्दा सम्म राईको के का रण मृ’त्यु भयो भन्ने आधिकारिक पु ष्टि भएको थिएन। पोस्ट’मार्टम रि’पोर्ट आएपश्चात् थप बिवरण आउनेछ्न। मलाया खबरबाट साभार

पोखरा, २७ असोज – नेपालको शाहवंशीय राज्यसत्ता कास्कीबाट सुरु भएको हो । कास्कीकोट दरबारमा कुलमण्डन खाँले राज्य गरेपछि शाह वंशको सुरुआत भयो । पछि लमजुङबाट गोरखा हुँदै काठमाडौं बसाईं सरे ।

विस्तारै पुराना दरबारहरू ओझेलमा पर्दै गए । राजसंस्था रहुन्जेल कास्कीकोट, लमजुङ र गोरखा दरबार चर्चामै थिए । अहिले राज्यको पुनःसंरचना भएको छ । देशमा गणतन्त्र आयो । राजसंस्थाका अवशेषहरू पनि विस्तारै हराउँदै छन् ।

नेपालमा राजतन्त्र छँदासम्म कहिलेकाहीँ पुरानो भूमि कास्कीकोटमा दसैं मनाउन राजपरिवार आइपुग्थे । राजसंस्था नभए पनि अघिल्लो वर्ष पूर्वयुवराज पारस शाह कास्कीकोटमै क्षमापूजा गरेर फर्किए । राजा नभएपछि शक्तिपीठहरूमा राष्ट्रपति आउनुपर्ने हो, जनप्रतिनिधि पुग्नुपर्ने हो । तर अहिलेसम्म कोही पुगेका छैनन् । राज्यको प्रतिनिधिका रूपमा भारद्धाज गोत्रका ठकुरीले परम्परा धानिरहेका छन् । कास्कीकोटमा ६ जना पुजारी छन् । अधिकारी, बराल, त्रिपाठी, तिमल्सिना दुईथरी र बास्तोलाले पूजा गर्ने चलन छ । बर्कामणि, फेवाली, कोटाले र राजा साहेवकर्ता हुन्छन् ।

यो चलन अहिले पनि जीवित छ । गणतन्त्र आउनुअघिसम्म टीका, जमरा र नवमीको बलि दरबार पठाउने चलन थियो । ‘पहिले राजाको दसैं भन्ने हुन्थ्यो । नवमीको दिन बलि दिइएको बोकाको दाहिने सपेटो दरबारमा पठाउने चलन थियो । हाम्रा हजुरबुबाहरूले दरबारमै पुगेर राजालाई टीका लगाइदिने चलन पनि थियो,’ कास्कीकोट दरबारका पुजारी ठाकुरप्रसाद त्रिपाठीले भने, ‘पछि हुलाकबाट पठाउन थालियो । अब अहिले कता पठाउने ? अलमल छ । राष्ट्रपतिलाई पठाउने कि कता पठाउने ? न सरकारले ध्यान दियो, न पठाउ भनेको छ ।’ सरकारले पूजाका लागि लाग्ने खर्च नपठाएका कारण आफूहरूले पनि चासो नदिएको उनले सुनाए ।

‘हुन त राज्यले पनि हामीलाई पैसा पठाएको छैन । जाँदाजाँदा हैरान भइसक्यो । पूजा खर्च भनेर सीडीओकोमा गएको पाँच हजार दिए । संस्कार धान्न गुठियारहरूले चलाइरहनुभएको छ । नत्र परम्परा उहिलै हराइसक्थ्यो,’ उनी भन्छन्, ‘राजा नभएपछि टीका जमरा अहिले राष्ट्रपतिलाई पठाउनुपर्ने हो । त्यसो गरिएको छैन ।’

परम्परा धान्नका लागि मात्रै आफूहरूले पूजा नछाडेको त्रिपाठी बताउँछन् । ‘प


Last Updated on: October 13th, 2021 at 3:22 pm
२३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया