बुधबार १० कार्तिक २०७८

झापा । सेफ्टी ट्याङ्की सफा गर्ने गाडीको ठक्करबाट झापामा एक साइकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका- ६ निवासी ६० वर्षीय महेशसिंह राजवंशी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार बुधवार बिहान भद्रपुर ४ स्थित रंगेडाडामा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ ख १६६३ नम्बरको सेफ्टी ट्याङ्की सफा गर्ने गाडीले विपरित दिशाबाट आउँदै गरेको साइकल यात्री राजवंशीलाई ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका साइकल यात्री राजवंशीलाई तत्काल उपचारका लागि ओम साई पाथीभरा अस्पताल भद्रपुर पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

वडा प्रहरी कार्यालय भद्रपुरले ठक्कर दिने सवारी साधन र सवारी चालक भद्रपुर- १० निवासी २१ वर्षीय आमसमणी टुडुलाई नियन्त्रणमा लिएको छ।

मानसिंहले आफ्नो गोठका सबै खसीहरूलाई पालै पालो नियाले, जोखे, दाँजे, अन्दाज लगाए र अन्त्यमा घोर्ले खसीलाई यसपालिको दसैँ खसी भनेर चुने ।

घोर्ले दसैँ खसीमा छनौट भएपछि उसका अरू साथीहरूले उसलाई जिस्काउँदै भन्न थाले “घोर्ले दसैँ खसी”, “घोर्ले दसैँ खसी” ।

आफूलाई जिस्काएको देखेर घोर्लेले पनि सुरिँदै भन्यो – “के गर्छौ तिमीहरू दसैँ खसी हुन सकेनौ त । तिमीहरू जस्तो मरण च्याँसेलाई कसले दसैँ खसी बनाउला !

घोर्लेलाई अरू खसीहरूबाट छुट्टाइ – छुट्टाइ मिठो मसिनो खान दिन थालियो । घोर्ले पनि घाँस, दाना चपाउँदै टाउको हल्लाउँदै भन्थ्यो – “देख्यौ मलाई खुब दसैँ खसी भनेर जिस्काउँथ्यौ नि” ।

घोर्लेले मीठो मीठो खान पाएको देखेर अरू खसीहरूलाई ईष्या लाग्थ्यो उनीहरू मन मनै भन्थे – “म पनि दसैँ खसी भएको भए”

दशैको सप्तमीको दिन बिहानै मानसिंहले घोर्लेलाई खोरबाट निकालेर घिसार्दै आँगनमा लगे । उसले ठान्यो सधैँ झैँ दानापानी खानदिन होला तर उसलाई खुकुरीले एकै चोटि चट्ट पारियो ।

घोर्ले धेरै बेरसम्म पिडामा छटपटाइ रह्यो । उसको पीडा र रोदन हेर्न बाध्य उसका साथीहरूले घोर्लेको वियोगमा आँसु बगाउन बाहेक केही गर्न सकेनन् ।

उनीहरू मनमनै पशुपतिनाथलाई पुकार्दै थिए – “भगवान् अरू जे सुकै भए पनि दसैँ खसी कहिल्यै हुन नपरोस् ।”

 


Last Updated on: October 14th, 2021 at 10:38 am
९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया