
काठमाडौं। फरक फरक घटनामा २ जनाको मृ,x त्यु भएको छ। भोजपुरमा श्रीमतीको ह,x त्या गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
४० वर्षीया श्रीमती छोती शेर्पाको ह,x त्या गरेको आरोपमा भोजपुर सापासिलिछो गाउँपालिका वडा नम्बर ५ बाक्सिन्दा बस्ने ४० वर्षीय फराछेतर शेर्पालाई मंगलबार प्रहरीले प,क्रा,उ गरेको हो।
फराछेतरले श्रीमतीमाथि धा,x रि,x लो ह,x ति,x या,x र खु,x कु,x री प्र,xहा,xर गरी ह,x त्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
यस्तै, सल्यानमा मदिरा सेवन गरि छोराको ह,x त्या गर्ने बाबु पनि प,क्रा,उ परेका छन।
जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका वर्ष ५५ का नीमबहादुर कवरले धाँ,x रि,x लो ह,x ति,x या,x र ९खु,x र्पा० प्रयोग गरी वर्ष ३३ का छोरा रुपलाल कवरको ह,x त्या गरेका हुन्।
मंगलबार दिउँसो बाबुछोराबीच मासुको विषयमा सामान्य वि,x वा,x द भएको र राति करिब १० बजे नीमबहादुरले घरमै छोराको ह,x त्या गरेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
मानसिंहले आफ्नो गोठका सबै खसीहरूलाई पालै पालो नियाले, जोखे, दाँजे, अन्दाज लगाए र अन्त्यमा घोर्ले खसीलाई यसपालिको दसैँ खसी भनेर चुने ।
घोर्ले दसैँ खसीमा छनौट भएपछि उसका अरू साथीहरूले उसलाई जिस्काउँदै भन्न थाले “घोर्ले दसैँ खसी”, “घोर्ले दसैँ खसी” ।
आफूलाई जिस्काएको देखेर घोर्लेले पनि सुरिँदै भन्यो – “के गर्छौ तिमीहरू दसैँ खसी हुन सकेनौ त । तिमीहरू जस्तो मरण च्याँसेलाई कसले दसैँ खसी बनाउला !
घोर्लेलाई अरू खसीहरूबाट छुट्टाइ – छुट्टाइ मिठो मसिनो खान दिन थालियो । घोर्ले पनि घाँस, दाना चपाउँदै टाउको हल्लाउँदै भन्थ्यो – “देख्यौ मलाई खुब दसैँ खसी भनेर जिस्काउँथ्यौ नि” ।
घोर्लेले मीठो मीठो खान पाएको देखेर अरू खसीहरूलाई ईष्या लाग्थ्यो उनीहरू मन मनै भन्थे – “म पनि दसैँ खसी भएको भए”
दशैको सप्तमीको दिन बिहानै मानसिंहले घोर्लेलाई खोरबाट निकालेर घिसार्दै आँगनमा लगे । उसले ठान्यो सधैँ झैँ दानापानी खानदिन होला तर उसलाई खुकुरीले एकै चोटि चट्ट पारियो ।
घोर्ले धेरै बेरसम्म पिडामा छटपटाइ रह्यो । उसको पीडा र रोदन हेर्न बाध्य उसका साथीहरूले घोर्लेको वियोगमा आँसु बगाउन बाहेक केही गर्न सकेनन् ।
उनीहरू मनमनै पशुपतिनाथलाई पुकार्दै थिए – “भगवान् अरू जे सुकै भए पनि दसैँ खसी कहिल्यै हुन नपरोस् ।”