आइतबार ३१ आश्विन २०७८

सिन्धुली । सोमवारको बिहानपख ४ बजे एसपी गोविन्द थपलियाको मोवाइल बज्यो । फोन प्रहरी प्रधान कार्यालयका एसएसपी टेकप्रसाद राईको थियो ।

एसएसपी राईले ‘सिन्धुलीको मुलकोटमा एक युवती झाडीमा लुकेर बसेको सूचना आयो । तत्काल उद्दार गर्ने व्यवस्था मिलाउनुपर्यो’ भने । संयोगले एसपी गोविन्दसहित सिन्धुलीका सिडियो सुरेश न्यौपाने खुर्कोटमै बास बसेका थिए ।

एसपी थपलिया स्वयम तत्काल मुलकोटतर्फ लागे । बिहानको झिसमिसे थियो । उनले ती युवतीलाई बारम्बार फोन गरे । उठाएनन् । त्यसपछि उनले आफू एसपी भएको मेसेज पठाए । अनि फोन गरे । ती युवतीले सानो स्वरमा बोल्दै आफू लुकेको ठाउँको लोकेशन बताइन् ।

ती युवती मुलकोटस्थित बास बसेको होटलभन्दा एक किलोमिटर टाढा गएर लुकेर बसेको अवस्थामा प्रहरीले फेला पार्यो । प्रहरीले भेट्दा ती युवती अत्यन्त डराएको अवस्थामा थिइन् ।

प्रहरीले फेला पारेपछि उनको यो अवस्था आउनुका कारणबारे प्रहरीले बुझ्ने काम गरे । तत्काल प्रहरीलाई आफूलाई बलात्कार गर्न खोजेपछि जोगिएर भागेर लुकेको जानकारी दिइन् । प्रहरीले ती युवतीलाई गाडीमा राखेर उनी बास बसेको होटल पुगिन् । त्यसबेलासम्म सो होटलमा ती युवतीसँगै बास बसेका गाडी चालक गाडी लिएर भागिसकेका थिए ।

उनीहरु खोटाङबाट आएर सिन्धुलीको मुलकोटस्थित होटलमा बास बसेका थिए । १८ वर्षीया ती युवती र चालक एउटै कोठामा बसेका थिए । बलात्कारको प्रयास गरेपछि युवती ती युवालाई झुक्याएर भाग्न सफल भएको प्रहरीलाई बताएका छन् ।

ती युवती खोटाङ नागरिकता बनाउन गएका थिए । नागरिकता बनाइसकेपछि उनका हजुरबुवा गाउँको घरतिर लागे भने ती युवती भने काठमाडौं जानका लागि भनेर बसपार्क पुगिन् ।

सबै गाडी छुटिसकेको भन्दै काउन्टरबाट एउटा सुमोमा जान टिकट दिए । उनी सोही गाडीमा चढिन् । गाडी मुलकोट पुगेपछि ‘राति भयो, अब पुलिसले काठमाडौंतिर जान दिँदैन, यही बसौं’ भने । उनीहरु मुलकोटमै बास बसे । बास बसेको होटलमा ती युवतीमाथि ती चालकले बलात्कारको प्रयास गरेको ती युवतीको भनाइ उद्दृत गर्दै प्रहरीले बताएको छ ।

त्यसपछि झुक्याएर ती युवती एक किलोमिटर टाढा झाडीमा पुगेर लुकेर बसेकी थिइन् ।

ती युवतीले गाडी नम्बर पनि बताउन सकिनन् । प्रहरीले गाडी पत्ता लगायो । गाडी नियन्त्रणमा पनि लिइसकेको छ । तर, गाडी साउले तत्काल ड्राइभर परिवर्तन गरेको देखिएको छ । चालक को थिए भन्ने पनि प्रहरीले पत्ता लगाइसकेको छ ।

एसपी थपलियाले भने, ‘बलात्कृत हुनबाट जोगिएर भागेर लुकेर बसेकी युवतीलाई झाडीबाट राति नै उद्दार गरियो, गाडी नियन्त्रणमा आइसकेको छ । अब ती चालकको खोजी गरिरहेका छौं ।’

सो घटनाबारे संगीतकार शान्तिराम राईले फेसबुकमा लामो स्टाटस नै लेखेका छन् र प्रहरीलाई धन्यवाद दिएका छन् –

घटना २५ गते सोमवार २०७८ (भरखर)
छोरा स्वीकार अत्तालिंदै ढोका ढक्ढकाउँछ । किन के भयो रु गहिरो निन्द्राबाटै कराउँछु । यहाँ हाम्रो करातेको एउटा बहिनिलाई तुरुन्तै रेस्क्यु हान्नु पर्यो । उ एउटा अज्ञातठाउँबाट फोन गरिरहेको छ । अत्तालिरहेको छ । उसलाई त्यो ठाउँको नाम पनि थाहाछैन ।

फोन नं माग्छु र कल गर्छु । घुर्मी भन्ने ठाउँमा होटलमा बासबस्ने क्रममा रेप हुनबाट जोगीएर राती भागेको रहेछ, दुईघण्टा भागेपछि बल्ल एउटा ठुलो झाडीमा लुक्न पुगेछ । उसलाई त्यो डाईभरले फलो गरिरहेको छ । डाईभरले फोन गरेको गरेकै छ । होटलको मान्छे र त्यहाँको सबै उसको पक्षमा छ । पहिलो पटकको यात्रा हो मेरो, मलाई यो एरिया केही थाहा छैन । कुरा सबै सुनिसकेपछि म आफैं आत्तिएँ । बिहानको तीन बजिरहेको छ । अब जतीसक्दो चाँडो उद्वार कसरी र कहाँबाट होला, मेरै दिमागले राम्रो काम गरिरहेको छैन ।

फेरि यस्तो खालको घटना मैले पत्रिकाहरुतिर पढेको र युट्युवहरुमा हेरेको मात्रै हो । आज आफैंले भोग्नु परिरहेको छ । अब जतिसक्दो चाँडो एक्सनमा जानु नै पर्छ नत्र त्यो बहिनिको ज्यान कुनैपनिबेला जानसक्छ ।

अत्यन्तै जोखिममा रहेको त्यो बहिनिको ज्यान बचाउन सक्छु कि सक्दिन मेरो अगाडी ठुलो चुनौती उभिएको छ किनकि एकै छिनमा त्यहाँ जे पनि घटना घट्न सक्छ ।बिहानको तीनबजे त मानिसहरु मस्तसंग सुतीनैरहेका हुन्छन्

कसले पो फोन पनि उठाउला र तैपनि चिने जानेको मनले जितेको हिसाबले पहिला माननीय बिशाल भटराईलाई फोन गर्छु । स्विचअफ छ । त्यसपछि यातायात व्यवशायि समेत रहेका नेता देवान राईलाई फोन गर्छु उहाँको पनि स्विचअफ छ । उता फोन गरेर त्यो बहिनिलाई ढाडस पनि दिंदैछु ( तिमी नडराऊ अब म सबै ठीक पार्छु र तिमीलाई लिन मै आउँछु । तिमी सुरक्षित संग त्यही झाडीमा लुकेर बस ।

 


Last Updated on: October 14th, 2021 at 11:41 am
१०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया