
मंगलबार नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस दुर्घटनामा परी ३२ जनाको मृत्यु भयो।
भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ७ पिनातपने खोलामा दुर्घटना हुँदा २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो।
चार जनाको उपचारका लागि बाँके लैजाँदै गर्दा र थप चार जना घाइतेको उपचारका क्रममा बाँकेमा मृत्यु भएको प्रहरीले जानकारी दियो।
सायद उनीहरू दसैं मनाउन घर जाँदै थिए। चाडपर्वको बेला यति ठूलो मानवीय क्षति हुँदा मुगु शोकमा डुबेको छ।
अझ अधिकांश मृतकहरू छायानाथ रारा नगरकै छन्। यो दुर्घटनाले धेरैलाई स्तब्ध बनाएको छ।
बसमा चालकसहित ४६ जना सवार थिए। जुन सिट क्षमताभन्दा बढी हो। जसमध्ये १३ जना घाइते छन्। घाइते १२ को अवस्था अहिले खतरामुक्त भएको कर्णाली प्रहरी प्रदेश कार्यालयले जनाएको छ। एक जनाको उपचारपछि डिस्चार्ज भइसकेको छ।
सडकबाट झण्डै तीन सयमिटर तल खसेपछि बस क्षतविक्षत भयो। बस धेरै पटक पल्टियो। पाटपूर्जा छरपस्ट भयो।
ठूलो आवाज आएपछि त्यहाँका स्थानीयहरू घटनास्थल पुगे। प्रहरीलाई पनि पौने २ बजेतिर खबर भयो।
भूमिका अति नै भाग्यमानी बालिका हुन्,’ उनले भने, ‘गाडी टुक्रा-टुक्रा परेको छ। क्षतविक्षत छ। तर पनि त्यो नानीको अवस्था सामान्य हुनु चमत्कार नै मान्नुपर्छ।’
उनका अनुसार बस भीरबाट खस्दा धेरै पटक पल्टियो। भीरका पाखामा पनि बसका पाटपुर्जा, मानिसका जुत्ता-चप्पलहरू भेटिएका छन्।
‘बस दुर्घटना भएर गुल्टिँदै एक सय मिटर तल पुगेपछि फेरि अर्को घुम्तीको बाटो आइपुग्छ, त्यहीँ निर बच्ची खसेर तल पुगेकी रहिछन्,’ उनले भने, ‘त्यहाँबाट फेरि ती बच्ची भिरबाट खसेर तल, झण्डै तीनसय मिटर तल बस पुगेकै ठाउँमा खसिन्। त्यहीँ उनी सकुशल भेटिनु भनेको भाग्यमानी हुनु हो।’