आइतबार ३१ आश्विन २०७८

यहि गत असोज २ गते दिउँसो १२ बजेतिर बाहिर दमौली दिदीको घरमा जान्छु भनेकी तनहुँ थर्पुकि धन बहादुर बिश्वकर्मा कि श्रीमती निशा बिक दिउँसो एक बजे उनका श्रीमानले फोन गर्दा उनको फोन स्विच अफ थियो।भरे बेलुकि पख उनी घर आउँदा श्रीमतीलाई नभेटेपछि उनले प्रहरी चौकी थर्पुमा ठाडो उजुरी गरे र तीन गते जिप्रका दमौलीमा पनि गएर उनले उजुरी गरे।त्यसपछि उनले महिला सेलमा समेत गएर उजुरी गरेपछि पाँच गते उनकी श्रीमती आफैंलेफोन गरेर आफूले अर्कैसँग बिबाह गरेर बसिसकेको जानकारी गराइन्।

धन बहादुर र उनको श्रीमती बीच केही बर्षयता देखि नै एक अर्कामा सम्बन्ध बि’ग्रँदै आइरहेको थियो।उनकी श्रीमतीले काखमा भएको छोरोलाई समेत त्यति सारो वास्ता गर्न छोडेकी थिइन्।उनी आफ्नो श्रीमानलाई पनि सानोतिनो झगडा पनि डि’भो’र्स दिन भन्दै नि’उँ खोज्थिन्।अहिले धन बहादुर आफू काम गरेको ठाउँमा आफूसँगै आफ्नो लाखको सानो बालक छोरोलाई पनि लिएर जाने गर्दछन्।

उनको बिजोग देख्न नसकेर धन बहादुरकि सासू समेत आएर आफ्नो छोरीलाई तुरुन्तै सम्पर्कमा आएर ज्वाईं र काखको सानो बालक छोराको उद्धार गरिदिन आग्रह समेत गरेकी छिन्।कानूनी रुपमा समेत बाटो खुला गरेर आफू, छोरा र श्रीमान बीचको अ’ड्च’न खुला गरिदिन आग्रह गरेकी छिन्।उनले आफ्नो ज्वाइँको त्यस्तो अवस्था देखेर आफ्नो छोरीलाई नै उल्टै गा’ली समेत गरेकी छिन्।

धन बहादुरलाई आफ्नी श्रीमती पहिले देखि नै कसैसँग बोल्दै आएको कुरा उनको मोबाइल कुराकानी, फोन, म्यासेजबाट थाहा पाइसकेका थिए।त्यसैबेला देखि उनीहरू बीच ख’टप’ट सुरु भैसकेको थियो।उनले त्यसदिन अर्कैको फोनबाट कल गरेर अब म अर्कैसँग लगन गाँठी कसिसकेँ अब मेरो खोजी नगर्नु,छोराको राम्रोसँग हेरचाह गर्नु भनेर फोन गरेकी थिइन्।

त्यति भनिसकेपछी उनले उनको आमा र अन्य माइती पक्ष समेतलाई जानकारी गराएर अब यसबाट हुनसक्ने कानूनी बाटो अपनाएर आफूलाई बाटो खुला गरिदिन भन्दै केही आधिकारिक निकायसमक्ष कुरा राख्न गएका थिए र सोही क्रममा उनी मिडिया समक्ष कुराकानी गर्न भनेर सन्तोष देउजाकहाँ आएका छन्।उनीसँगै उनको सासू पनि मिडियामा आएकी छिन्।कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया लेख्न नभुल्नुहोला,धन्यवाद।


Last Updated on: October 14th, 2021 at 2:22 pm
७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया