शुक्रबार ०८ आश्विन २०७८

बसको ठक्करबाट आमालाई घर पठाएर फर्केकी गोरखाकी एक युवतीको मृत्यु भएको छ । काठमाण्डौंको बालाजुमा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकमा सवार गोरखा जिल्ला भिमसेन थापा गाउँपालीका ८ बोर्लाङ्ग भदुवारथोककी २४ बर्षिय लक्ष्मी परियार मृत्यु भएको प्रहरीले जनाएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

बालाजु गंगालाल सडकखण्डमा ना ४ ख ४२२९ नम्बरको धादिङ यातायातको बसले बा ६६ प ८३८४ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको प्रहरी निरीक्षक गम्भीर जंग थापाले जानकारी दिनुभयो । दुर्घटनामा परि गम्भीर घाइते हुनुभएकी परियारको ट्रमा सेन्टर उपचारका पुर्याइएको थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

बसको ठक्करबाट मोटरसाइकलका चालक गोरखा जिल्ला शहिद लखन गाउँपालीका ७ का ३४ बर्षिया सिताराम परियार सामान्य घाइते भएका छन् । मृतक परियारका आफन्त रोशन परियारका अनुसार उनी आफ्नी आमालाई गाउँ पठाउनका लागी बसमा चढाएर फर्किने क्रममा सोहि बसले परियार चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

अहिले घटनाको मुचुल्का तयार पारी शवलाई टिचिङ अस्पतालमा पोष्टमार्टमका लागी लैजाने तयारी भैरहेको छ । दुर्घटना लगत्तै बस र चालक धादिङ निलकण्ड नगरपालीका ३ का पुर्णहरी खत्री प्रहरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

मृतकको आफन्तले प्रहरी चौकी उजुरी दिएपछि घटनाका बिषयमा थप अनुसन्धान गरिने प्रहरी निरीक्षक थापाले जानकारी दिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


Last Updated on: August 9th, 2021 at 8:33 pm
५९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया