आइतबार १९ मंसिर २०७८

काठमाडौं ।पुर्व राजा ज्ञानेन्द्र शाहले दशैको शुभकामना सारा जनतालाई दिए,आफ्नो केहि भनाइ राखे सँगै नेपाली राजनीतिमा तर,ङग देखिएको छन । पुर्व रा¥जाले भनेका छन,हाम्रो समाज सनातनिक आदर्श र पुर्ख्यौली पौरखबाट पृथक छैन ।

तर हाम्रो राजनीति र राज¥काजी चाल¥चलन त्यस अनुरुप हुन सकेन ।’ लोक कल्याणका हेतु राजनीतिक स्व,च्छता, जनप्रियता र जनआ,कांक्षा पूर्तिको दिव्य मान्यतामा आधारित हुनुपर्ने

भए पनि राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गु,ट उ,पगुटमा अ,ल्झिएको उनको भनाइ छ ।पूर्व राजा ज्ञानेन्द्रले भनेका छन्, ‘राजसंस्था वैचारिक आस्थाका आधारमा वि,भेद गर्दैन, त्यो हाम्रो मा,न्यता पनि होइन, न त परम्परा ।’

शाह वंशीय राज पद्ध,तिको इति¥हासले राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधि बाहिर कुनै पनि समस्याको समाधान नखोजेको र नखोज्ने पनि उन¥ले प्र,स्ट पारेका छन् । यही वरिपरी रहेर नेता सकुल शाहले आफ्नो बिचार राखेका छन।

जीवन कैला, बाजुरा, बाजुराको स्वामीकार्त्तिक खापर गाउँपालिका-१ मा रहेको झुगलापाटा भिर फु’टेर कर्णाली नदी थु’निएको छ । जगन्नाथ गाउँपालिकाको कार्यालय जुड्डीपारी पट्टि रहेको भिर फुटेर सुख्खा पहिरो जाँदा कर्णाली नदी थुनिएको हो ।

करिब दुई महिना पहिलेदेखि बेला बेला भिरबाट पहिरो जान थालेपछि नदी थुनिने खतरा बढेको स्थानीयले बताएका छन् । दुई महिनायताको लगातार सुख्खा पहिरोले गर्दा कर्णाली नदी थुनिन थालेपछि नदी आसपास तथा छेउछाउमा बसोबास गर्ने स्थानीय त्रसित भएका छन् ।

झुगलापाटा भिर फुट्दा स्वामीकार्त्तिक खापर गाउँपालिका वडा नं एक रुडी गाउँ, जगन्नाथ गाउँपालिकाको कार्यालय, जुड्डी प्रहरी चौकीलगायतका आसपासका क्षेत्र उच्च जोखिममा परेका बताइएको छ । बेला बेला बग्ने पहिरोबाट कर्णाली नदी थुनिन थालेसँगै नदी आसपास क्षेत्रमा बसोबास गरिरहेका स्थानीयलाई समस्या भएको बताइएको छ । कर्णाली प्रदेशको हुम्ला, मुगुसँगै बाजुरा हुँदै बग्ने कर्णाली नदीमा सुख्खा पहिरो खस्दा नदीको पानी थुनिएपछि वरपरका बस्ती समस्यामा परेका हुन् ।

स्वामीकार्त्तिक खापर गाउँपालिका वडा नं एकको रुडि गाउँको तल र छुद्यदरी गाउँको नजिकै सुख्खा पहिरो खस्दा कर्णालीको केही भाग थुनिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक्कासी पहिरो खस्दा आज विहान १०/१५ मिनेटसम्म कर्णाली नदी थुनिएपछि नदी वरपरका स्थानीय आत्तिसकेका भए पनि केहीबेर पछि नदीको एक तर्फबाट पानी बग्न सुरु भएको स्थानीयले बताएका छन् । स्वामीकार्त्तिकको रुडि गाउँको आसपासबाट पनि निरन्तर पहिरो जान थालेपछि रुडि गाउँका करिब १५० बढी घरपरिवार उच्च जोखिममा रहेको स्थानीय नन्दबहादुर खत्रीले बताए । गाउँको माथि र तलबाट कडा चट्टान फुट्न थालेपछि गाउँ नै जोखिममा रहेको उनको भनाइ छ ।

योसँगै जगन्नाथ गाउँपालिका र जुड्डी प्रहरी चौकी पनि जोखिममा परेको भन्दै कार्यालयका सामान अन्यन्त्र सार्न थालेको जुड्डी प्रहरी चौकीले जनाएको छ । जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारी पट्टी स्वामीकार्त्तिकको छुद्दरी गाउँ नजिकैको भिर फुटेर कर्णाली नदीमा ढुंगा, माटो थुप्रिएपछि नदी थुनिएको शिक्षक दानबहादुर धामीले बताए । यसअघि गत साउनमा पनि पहिरो जाँदा कर्णाली नदी थुनिएको थियो ।


Last Updated on: October 15th, 2021 at 1:23 pm
५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया