आइतबार १९ मंसिर २०७८

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विजया दशमीको टीका लगाएका छन्।

जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले काठमाडौंमै ९२ वर्षीय बुवा भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गरेका हुन्।

उनीसहित स-परिवारले दसैंको टीका लगाएको तस्बिर सामाजिक सञ्जालमा हालेका छन्।

हिन्दु धर्म संस्कृतिबारे तिखो टिप्पणी गर्दै आएका भट्टराई दसैं मानेको तथा मठमन्दिर गएको फोटोहरूमा नकारात्मक कमेन्टको वर्षा हुने गरेको छ।

जीवन कैला, बाजुरा, बाजुराको स्वामीकार्त्तिक खापर गाउँपालिका-१ मा रहेको झुगलापाटा भिर फु’टेर कर्णाली नदी थु’निएको छ । जगन्नाथ गाउँपालिकाको कार्यालय जुड्डीपारी पट्टि रहेको भिर फुटेर सुख्खा पहिरो जाँदा कर्णाली नदी थुनिएको हो ।

करिब दुई महिना पहिलेदेखि बेला बेला भिरबाट पहिरो जान थालेपछि नदी थुनिने खतरा बढेको स्थानीयले बताएका छन् । दुई महिनायताको लगातार सुख्खा पहिरोले गर्दा कर्णाली नदी थुनिन थालेपछि नदी आसपास तथा छेउछाउमा बसोबास गर्ने स्थानीय त्रसित भएका छन् ।

झुगलापाटा भिर फुट्दा स्वामीकार्त्तिक खापर गाउँपालिका वडा नं एक रुडी गाउँ, जगन्नाथ गाउँपालिकाको कार्यालय, जुड्डी प्रहरी चौकीलगायतका आसपासका क्षेत्र उच्च जोखिममा परेका बताइएको छ । बेला बेला बग्ने पहिरोबाट कर्णाली नदी थुनिन थालेसँगै नदी आसपास क्षेत्रमा बसोबास गरिरहेका स्थानीयलाई समस्या भएको बताइएको छ । कर्णाली प्रदेशको हुम्ला, मुगुसँगै बाजुरा हुँदै बग्ने कर्णाली नदीमा सुख्खा पहिरो खस्दा नदीको पानी थुनिएपछि वरपरका बस्ती समस्यामा परेका हुन् ।

स्वामीकार्त्तिक खापर गाउँपालिका वडा नं एकको रुडि गाउँको तल र छुद्यदरी गाउँको नजिकै सुख्खा पहिरो खस्दा कर्णालीको केही भाग थुनिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक्कासी पहिरो खस्दा आज विहान १०/१५ मिनेटसम्म कर्णाली नदी थुनिएपछि नदी वरपरका स्थानीय आत्तिसकेका भए पनि केहीबेर पछि नदीको एक तर्फबाट पानी बग्न सुरु भएको स्थानीयले बताएका छन् । स्वामीकार्त्तिकको रुडि गाउँको आसपासबाट पनि निरन्तर पहिरो जान थालेपछि रुडि गाउँका करिब १५० बढी घरपरिवार उच्च जोखिममा रहेको स्थानीय नन्दबहादुर खत्रीले बताए । गाउँको माथि र तलबाट कडा चट्टान फुट्न थालेपछि गाउँ नै जोखिममा रहेको उनको भनाइ छ ।

योसँगै जगन्नाथ गाउँपालिका र जुड्डी प्रहरी चौकी पनि जोखिममा परेको भन्दै कार्यालयका सामान अन्यन्त्र सार्न थालेको जुड्डी प्रहरी चौकीले जनाएको छ । जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारी पट्टी स्वामीकार्त्तिकको छुद्दरी गाउँ नजिकैको भिर फुटेर कर्णाली नदीमा ढुंगा, माटो थुप्रिएपछि नदी थुनिएको शिक्षक दानबहादुर धामीले बताए । यसअघि गत साउनमा पनि पहिरो जाँदा कर्णाली नदी थुनिएको थियो ।


Last Updated on: October 15th, 2021 at 1:49 pm
११७ पटक हेरिएको

तपाईको प्रतिक्रिया